१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

भैरहवा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको व्यवस्थाले जनताको गाँस, बास कपास दिन नसक्ने बताएका छन् ।

Advertisement

समाजवादी जागरण अभियानका क्रममा भैरहवा आएका खनाल आइतबार समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पहिलाको अर्धसामान्ती व्यवस्था र अहिलेको पूँजिवादी व्यवस्था शोषण मूलक व्यवस्था रहेको बताए । “यी दुवै भ्रष्टाचारसंग अभिन्न रुपले गाँसिएका व्यवस्थाहरु हुन्, ” उनले भने “तर यो पूंजिवादी ब्यवस्था हो भनेर हामी आफैले लडेर २०६२÷०६३ मा ल्याएका हौ ।”

उनले अहिलेको व्यवस्थाले जनतालाई खुकुलो पारे पनि जनतालाई गाँस, बास कपास नदिने उनले जिकिर गरे । उनले युवाशक्तिहरु खाडीलगायतका मुलुकमा पलायन हुनु मुलुकका लागि पनि यो व्यवस्था कारक रहेको बताए । “युवालाई मुलुकमै टिकाउन जरुरी छ, यसका लागि रोजगारी बृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास जरुरी छ”, उनले भने ।

मुलुकमा रोजगारी बृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै उनले यसले समाजवादतर्फ जान मद्दत गर्ने जनाए ।

यस्तै, नेता खनालले नेपालमा नयाँ ढङ्गको धु्रविकरणको आवश्यकता रहेको समेत औल्याए । र्वतमान पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको उल्लेख गर्दै उनले समाजवादी व्यवस्थासहितको नयाँ धु्रबिकरण आवश्यकता रहेकोमा जोड दिए । “समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्टहरु एक हुनुपर्ने हुन्छ”, उनले भने “यसका लागि नयाँ धु्रविकरण जरुरी छ ।”

नेता खनालले अहिलेका तीन तहका सरकारले जनताको काम गर्न नसकेको बताए । “यो व्यवस्थामा कुनै सरकारले काम गर्न सक्दैन”, उनले भने “यसैले व्यापक सुदृढिकरण जरुरी छ । यसैले हामीले नयाँ योजनासाथ अभियान चलाएका छौं ।”

समाजवादी पार्टीका उपमहासचिव एवं प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जनताका प्रत्यक्ष भोगाईलाई लिएर मेची महाकाली यात्रामा निस्किएको बताए । उनले असोज १४ बाट शुरु भएको यात्रा भैरहवासम्म आउँदा झण्डै ५ हजार बढी स्वतन्त्र नागरिक र विभिन्न पार्टी छाडेर समाजवादी प्रवेश गरेको दावी गरे । यात्राका क्रममा आफूहरुले जनतालाई आश्वस्त पार्ने गरी रोजगारी सिर्जना, कृषिमा आधुनिकिकरण, व्यवसायिकरण लगायतका विषयमा आवाज बुलन्द गरेको र यी पूरा गर्न सरकारलाई दवाव दिने बताए ।

नेता खतिवडाले समृद्धिका लागि रोजगारी र रोजगारीका लागि कृषि संगसंगै लैजानु पर्नेमा जोड दिए । समाजवादी जागरणको मेची–महाकाली यात्रा असोज २९ मा महेन्द्रनगर पुगेर समापन हुनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप