१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

काठमाडौ । सिटिजन्स बैंकले ऋणपत्र बिक्री नभएपछि म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर कात्तिक १ गतेसम्म पुर्‍याइएको हो । यसअवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ । बैंकले असोज १७ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो । 

यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । 

सिटिजन्सले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स डिबेन्चर २०९०’ जारी गरेको हो । यसमा वार्षिक १० प्रतिशत  ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम बिक्री खुला भएको सबै इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन