१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

तिलोत्तमा । रुपन्देही जिल्लाका स्थानीय तहमा कार्यरत तथा नापीको कार्य गर्दै आएका प्राविधिकहरुको छाता संगठन नापी प्राबिधिक समाज रुपन्देही गठन भएको छ। रुपन्देहीमा क्रियाशील नापी प्राबिधिकहरुको शुक्रबार तिलोत्तमाको बनबाटिकामा आयोजित एक भेलाले नापी प्राबिधिक समाज गठन गरेको हो।

Advertisement

नापी कार्यमा क्रियाशील कर्मचारी तथा सो कार्यमा संलग्न प्राबिधिकहरुको प्रथम भेलाले तिलोत्तमा नगरपालिकाका नापी प्राबिधिक प्रविन बन्जाडेको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा हृदेश बनिया,महासचिवमा हरि नारायाण केसी, सचिवमा राजु प्रसाद चौधरी, सहसचिवमा प्रदिप यादव,कोषाध्यक्षमा पुजा गौतम चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा दिपक कुमार पटेल, जय कृष्ण कुवर, रिंकु कोहार, राजन बरई, भेद कुमार लोंध, धर्मेन्द्र चौधरी चयन भएका छन् । पालिका स्तरमा कार्यरत अन्य १र१ सदस्य भने पछि मनोनयन गरिने नव निर्वाचित अध्यक्ष प्रविन बन्जाडेले बताउनु भयो । यस्तै, भेलाले अर्को बैठकमा सल्लाहकार समेत चयन गर्ने बताएको छ। देशव्यापी रुपमा नापी प्राबिधिकहरुको हक अधिकार र संरक्षण सुनिस्चित गर्दै नापीको क्षेत्रमा कार्यरत प्राबिधिकहरुको क्षमता अभिबृद्धि गर्नृे, त्रुटीहरुको एकीकृत समाधान गर्ने, सबै प्राबिधिकहरुमा एकरुपता ल्याउने, नापी कार्यक्षेत्रका सम्भावना, चुनौतीलाई समन्वयात्मक भूमिका मार्फत सुझाव सल्लाह र सहयोग गर्ने तथा स्थानिय तहका प्राबिधिक, प्राबिधिक अध्ययन गर्दै गरेका, सेवामा रहेका र सेवाको अवसर खोजि गरेका सबैलाई समाजमा स्थान दिएर अगाडी बढ्ने निर्णय गरिएको छ।

समाजले आगामी दिनमा नापी प्राबिधिकको क्षमता अभिवृद्धि गर्न बिशेष कार्यक्रम ल्याउने अध्यक्ष बन्जाडेले बताउनुभयो। कार्यक्रममा उपाध्यक्षमा हृदेश बनियाले नापी प्राबिधिकहरुको उचित व्यवस्थापन गर्न समाज लागि पर्नेमा जोड दिनुभएको थियो।

प्रतिकृया दिनुहोस्

Flash News

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप ‘उमेर भिन्नता’को कारण थाइल्यान्डमा बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या ! तिलोत्तमाको औद्यागिक व्यापार मेलामा ९ करोडको कारोबार, ५ दिन म्याद थप