ताजा अपडेट »

‘पहिला अर्थपूर्ण मत पाएँ, अहिले जित्छु र बुटवललाई चलायमान गराउन पहल गर्छु’

शनिबार, २० असोज २०८०, ०६ : २५
278 Shares

यस क्षेत्रकै पुरानो व्यावसायिक संस्था बुटवल उद्योग बाणिज्य संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । यही असोज २२ गतेसम्म बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । नेतृत्वका लागि हरिप्रसाद अर्याल र दिनेश श्रेष्ठ छुट्टा छुट्टै प्यानल बनाएर मैदानमा उत्रिएका छन् । प्रस्तुत छ, नेतृत्वका दावेदार हरिप्रसाद अर्यालसँग निर्वाचन केन्द्रित रहेर ग्लोबल आवाजका लागि बसन्त आचार्यले गरेको कुराकानीः

–तपाईं गत निर्वाचनमा पनि प्रतिस्पर्धामा हुनु हुन्थ्यो । अहिले मुख्य एजेण्डा तथा प्राथमिकता के कस्ता छन्?
हो, म यस भन्दा पहिला पनि नेतृत्वका लागि प्रतिस्पर्धी थिए । सो प्रतिस्पर्धामा मैले अर्थपूर्ण मत प्राप्त पनि गरेको थिए । मैले पहिला पाएको अर्थपूर्ण मतका कारणले नै अहिले निर्वाचनमा उठ्ने साहस गरेको हुँ । मेरो धेरै साथिहरु मेरो मतबाट प्रभावित हुनु भयो । मेरो समूहसँग जोडिनु भयो । मैले पहिला भन्दा अहिले समूह निर्माणको व्यवस्थापन पनि गरे ।

यी कारणले गर्दा मैले बजारमा जबरजस्त चुनाव जित्ने टुङ्गो लागेको भएकाले यस पटक नेतृत्व हात पार्ने गरी लागेका छौँ । एजेण्डाका हिसावले बुटवलको बजारलाई व्यवस्थापन गर्ने कुराहरु, नगरपालिकासँग सहकार्य गर्ने कुराहरु, घर धनि र व्यवसायीहरु विच सुमधुर सम्बन्ध स्थापित गर्ने कुराहरु, सरकारको कर राजश्व र मैद्रिक नीति सम्बन्धी कुराहरु नै अहिले बजार व्यारमा अलिकति असहज भएको छ ।

त्यसैको सहजिकरण गर्नका लागि पैरवी गर्न मैले विशेष पहल गर्ने छु । उद्योग वाणिज्य क्षेत्रमा काम गर्नेहरुले यसमा अरु गर्ने कुरा केही हुँदैन् आर्थिक गतिविधिहरुलाई कसरी चलायमान गर्न सकिन्छ । कसरी व्यवसायलाई संरक्षण गर्न सकिन्छ । अर्थतन्त्रलाई लयमा ल्याउने नै मेरो मुख्य एजेण्डा हुन् ।

–अहिले बुटवलका धेरै सटरहरु खालि हुृनुका साथै व्यवसायीहरु समेत विस्थापित भएका छन् । यो समस्या समाधान गर्न कस्तो पहल गर्नु हुन्छ?
बुटवलमा व्यवसायीक संस्थाहरुमा व्यवसायिक ‘नेचर’ तथा चरित्र कमजोर हुँदै जाँदा व्यवसायीक संस्था बढ्दै गइरहेको छ । उद्योग वाणिज्य संघ जस्तो संगठनले व्यवसायिक चरित्रलाई स्थापित गर्न सक्नु पर्छ । व्यवसायीक एजेण्डाहरुलाई छलफल र बहस गर्न पनि गर्नु पर्छ । उस्तै प्रकृतिका संस्थाहरुसँग सहकार्य गर्न सक्यो भने स्वभाविक रुपमा स्थानीय हाम्रो आर्थिक गतिविधि र संगठनिक संरचनामा परिर्वतन आउँन्छ ।

एजेण्डा बोक्न सक्ने कतिपय संस्थाहरु विस्तार हुन्छन् । पार्टी र अन्य जनवर्गिय संगठनको रुपमा काम गर्नेहरु विस्थापित हुने परिस्थित हुन्छ । त्यस्तो कुरामा यहाँका नेतृत्व गर्नेहरुले ती कुरामा ध्यान दिनु पर्छ । उद्योग वाणिज्य संघले पहल लिन नसक्दा हामी ओझेलमा परे जस्तो देखिएको हो । अहिले देखिएको व्यवसायीहरुका समस्या एकता र सहकार्यबाट मात्रै सम्भव हुन्छ । म सबैसँग सहकार्य र एकता गरेर अहिले बुटवलको बजारमा देखिएको समस्या समाधान गरेर बजारलाई पहिला भन्दा पनि थप चलायमान गराउन मेरो तर्फबाट सक्ने कुनै पनि काम बाँकी राख्दैन्।

–बुटवल बजारलाई आर्थिक रुपमा थप चलायनमान बनाउन तपाईका कस्ता एजेण्डाहरु छन् ?
बुटवलको बजार अहिले जे भइरहेको छ त्यसैबाट मात्रै आर्थिक रुपमा थप चलायमान गराउन पक्कै पनि सकिदैन् । यहाँ अहिले केही नयाँ नयाँ सम्भावनाका ढोकाहरु देखिएका छन् । खास गरी पछिल्लो समयमा बुटवलको बसन्तपुर केवलकार संचालनमा आइसकेको छ ।

बुटवल नुवाकोटको केवलकार संचालनको संघारमा छ । बसन्तपुर र नुवाकोटको हिल स्टेशनलाई हामीले ल्याउन सकियो भने देशभरका मान्छे पर्यटकीय गन्तव्यको रुपमा बुटवलाई सम्झने र यहाँ आउँदा यहाँको आवागमन गतिविधि बढ्दै जाँदा खेरी अरु सेवा र व्यवसायहरु प्नि विस्तार हुने सम्भावना हुन्छ । अर्को हामीले मोतिपुर औद्योगिक क्षेत्र कुरा गरेका छौँ मोतिपुर औद्योगिक क्षेत्रको तत्काल कार्यान्वयनको तहमा ल्यौजान सकियो भने बुटवलको आर्थिक गतिविधिलाई थप चलायमान गराउनुका साथै पहिलाको जस्तै लयमा फर्कन धेरै समय लाग्दैन् ।

त्यसका लागि राजनीतिलाई विकाससँग जोड्ने सक्ने र समृद्धिसँग जोड्न सक्ने गरी हामीले नीति निर्माण गर्न सक्नु पर्छ । यसका लागि म सबै तह र निकायसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।

–तपाइँको जीतका आधारहरु के–के हुन सक्छन्?
अहिले बुटवल उद्योग वाणिज्य सँघमा १७७८ जना व्यवसायीहरु हुनु हुन्छ । यी मध्य धेरै भन्दा धेर व्यवसायीकोमा गएर मैले मेरा एजेण्डाहरु राखेको छु उहाँहरुले मेरो एजेण्डाहरुलाई मन पराउनु भएको छ । यही नै मेरो जीतको मुख्य आधार हो । अर्को भनेको यस भन्दा पहिला मैले प्राप्त गरेको अर्थपूर्ण मत पनि हो ।

–उद्योगिहरुको विचमा मत माग्न जाँदा उहाँहरुबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
उहाँहरुको प्रतिक्रिया त व्यापार शुन्य छ, सटर भाडा तिर्ने नसक्ने हुन लाग्यो, करको समस्या छन्, एकीकृत र सम्पत्ति कर चर्को भएको छ यसले हामीलाई धेरै समस्या पारेको छ । हामी तपाईलाई मत दिएर सहयोग गछौँ तपाईले जिते पछि हाम्रा यी समस्याहरु समाधान गर्नका लागि पहल गर्नु पर्छ भन्नु भएको छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।