ताजा अपडेट »

रीमा श्रेष्ठको ‘हावाको झोका भरी’ सार्वजनिक

शुक्रबार, १९ असोज २०८०, ११ : २२
14 Shares

काठमाडौं। गीतकार रीमा श्रेष्ठको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । उनको शब्द सृजना रहेको ‘हावाको झोका भरी“ बोलको गीत र यसको भिडियो सार्वजनिक गरिएको छ । 

तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गायिका अस्मिता अधिकारीको स्वर छ । रायन कार्कीको संगीत र चन्द्र चौधरीको एरेन्ज रहेको उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ ।

यस गीतको निर्माता कुशल गुरुङ हुन् । कमल सिंह र बिना राउतको अभिनय रहेको गीतको भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन् । उक्त गीतको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन् ।

https://youtu.be/INU2dOGN4N0?si=YY1iMGS6EV8KlTg4

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।