ताजा अपडेट »

गुल्मीको प्रशासनिक ईतिहास, राजादेखि बडाहाकिम र सिडियोसम्म

विहीबार, १८ असोज २०८०, १५ : १६
128 Shares

गुल्मी । गुल्मी जिल्ला प्रशासन कार्यालय पछिल्लो दुई वर्षयता लगातार देशकै उत्कृष्ट जिल्ला प्रशासनका रुपमा मुल्याङकनमा पर्दा काम गर्ने कर्मचारीहरु मात्र नभई आम गुल्मीबासीका लागि पनि गौरवको कुरा हो । यो गौरवपुर्ण अवसमा गुल्मी जिल्लाको प्रशासनिक ईतिहास कोट्याउन मन लाग्यो । त्यसका लागि तम्घासको किरण पुस्ताकालयका विभिन्न पुस्तकहरु पल्टाएर हेरियो।

ती मध्ये गुल्मी समाज काठमाण्डौँले प्रकाशित गरेको ‘गुल्मी परिचय’ नामक पुस्तकको ‘गुल्मीः ऐतिहासिक दृष्टिमा’ शिर्षकमा मानकोट निवासी वरिष्ठ समाजसेवी हेमराज ज्ञवालीको लेख जिल्लाको प्रशासनीक इतिहासको तथ्य फेला पारियो । उहाँले ऐतिहासिक लिच्छवीकालिन अभिलेखलाई उल्लेख गर्नु भएको छ । त्यस अभिलेख अनुसार कुनै कालमा गुल्मी सिँजा राज्यबाट सम्बद्ध रहेको केहि श्रोत पनि फेला परेको र बल्लेगढी राज्यको उदयकालमा गुल्मी त्यसको प्रभावमा रहेको पनि उल्लेख गर्नु भएको छ । यद्येपी आधिकारिक श्रोत फेला नपरेकोले गुल्मी राज्यको स्थापना बिक्रम सम्वत् १४९३ मा भएको पाईएको लेख्नु भएको छ ।

स्थापना कालमा गुल्मी राज्य ४ सय घरधुरी थिए । क्रमशः बढ्दै जाँदा ६ हजार घरधभुरी पुगेको उल्लेख छ । स्थापनाकालमा गुल्मीको पुर्वतर्फ गाह्रौं पुय्यु , पश्चिम तर्फ धुर्कोट, उत्तरमा पर्वत र गलकोट, दक्षिणमा अर्घा र खाँची, राज्यहरु पर्दथे । माथी उल्लेखित राज्यलाई चारपाला गुल्मी पनि भनिन्थ्यो । गुल्मी राज्य पाल्पा थोक, अमरअर्बाथोक , गलामथोक, मुसिकोट थोकका अलवा उप्रिकोट, र बाँस पोखरी गरी ६ प्रशासनिक एकाईमा विभाजित थिए ।

ती एकाई मातहतका ९८ मौजा थिए । प्रत्येक मौजामा एक एक जना जिम्मावाल र एक एक जना तालुकदार मुखिया राखेर प्रशासनिक कार्य गरिन्थ्यो । त्यसलाई स्वतन्त्र गुल्मी भनिन्थ्यो र राजधानी चारपाला दरवारलाई मानिन्थ्यो । जहाँ ईश्वरीदेवीको मन्दिर पनि रहेको थियो । त्यस स्वतन्त्र गुल्मीका प्रथम राजा वीर शाह रहेका थिए । जसले रेसुङ्गामा गौविर्ता दिएको अभिलेखमा उल्लेख छ । यीनले मौजाहरुमा स्थानीय योग्य ब्यक्तीहरुलाई जिम्मावाल र मुखिया नियुक्ती गरेका थिए भने स्थानीय अर्यालहरुलाय पुरेत्याई दिएको कागजातमा उल्लेख गरिएको पाईएको छ ।

दोश्रो राजा रुद्र शाह । जसलाई पराक्रमी राजा मानिन्थ्यो र उनले गुल्मी राज्यको सिमा खडा गरेका थिए । तेश्रोा राजा किर्ति शाह थिए । किर्ति शाह पछिका राजा कुनै अभिलेख नपाईएको लेखमा उल्लेख छ। चारापाला दरबारमा अंकित अभिलेखका आधारमा बिक्रम सम्वत् १७०३ मा शाही ,शाहहरु राज भएको पाईन्छ । विनय सिंह भन्नेले कालिगडबाट चारपाला दरबार बनाएको चारपाला दरबार बनाएको अभिलेखमा पाईएको उल्लेख छ । बिक्रम सम्वत् १८४२ अघि किर्तिकल्याण शाह राजा रहेको र त्यसपछि शिवनारायण शाह गुल्मीको राजा भएको उल्लेख छ । उनकै पालमा १८४३ साल जेठ १० गते गुल्मी राज्य नेपाल एकिकरणमा परेको उल्लेख छ । पाल्पाको सहयोगमा गोरखाली सेनाले आक्रमण गरे पछि शिवनारायण शाह पलायन भएका थिए ।

वरिष्ठ कानुनविद दौघाका शम्भुप्रसाद ज्ञवालीका अनुसार गुल्मीका तत्कालिन काजी हिरण्यगर्भको गोरखाली सेनाले हत्या गरेका थिए । पश्चिम नेपाल विजय अभियानलाई सघाएकोले गुल्मी राज्य पाल्पालाई दिएको बताईन्छ । त्यस पछि पाल्पाले मातहतको गुल्मीमा महादत्त सेन र पृथ्वीपाल सेन राजा खटाईएको थियो । बहादुर शाहको पतन पछि श्री ५ रणबहादुर शाहले पाल्पाबाट गुल्मीलाई झिकी आफ्ना ससुरा राजराजेश्वरीका पिता गुल्मी राजवंशका शिद्धिप्रताप शाहलाई पुनः गुल्मीको राजा बनाएका थिए । यसरी गुल्मीका पृथक राजा भए पनि मानाचामल उठाउन पाउने लगायतका सिमित स्वयत्तता मात्र दिईएको थियो । न्यायिक, रजिष्टेशन र शान्ति सुरक्षा लगायतका गम्भीर बिषय भने पाल्पा गौडाबाटै हेरिन्थ्यो । त्यस पछि गुल्मीका राजा शक्तिप्रचण्ड शाह भएका थिए ।

उनैका पालमा श्री ५ गिर्वाणले पाल्पा राज्य अन्तर्गतको बल्ड्याङगढीलाई पाल्पाबाट खोसी गुल्मीलाई दिएको विक्रम सम्वत् १८६० को पत्रमा उल्लेख भएको बताईन्छ । राजा शक्तीप्रचण्ड शाहले विवाहित तर्फ छोरा नभए पछि थमनबहादुर शाहलाई धर्मपुत्र राखी आफ्नो शेष पछि उनैलाई राजा बनाएका थिए । यीनैका पालमा चारपालाबाट अर्घाखाँचीको धेरैनीमा राजधानी सारिएको थियो । त्यस पछि उनका छोरा नरेन्द्रबहादुर शाह राजा भएका थिए भने २०१७ सालमा राज्य रजौटा उन्मुलन नहु्ञ्जेल धेरैनीका राजा चिरञ्जिवी विक्रम शाह गुल्मीका अन्तिम राजा थिए ।

उनका भाई कर्णेल ललितविक्रम शाहलाई जुद्धशम्शेरलआफ्नी छोरी मिश्री मैयाँलाई दिए पछि विक्रम सम्वत १९९३ तिरबाट गुल्मी राज्यलाई पाँचखत बाहेक मुद्धा हेर्न पाउने न्यायिक अधिकार र रजिष्टेशनको अधिकार दिईएको थियो । त्यस पछि गुल्मी राज्यको पहिलो डिठ्ठा अर्वाथोक तोसका अघिका गुल्मी राज्यका पुरोहित परिवाारका चतुर्भुज भएको उल्लेख छ । त्यस पछि दौघाका टेकराज ज्ञवाली गुल्मी राज्य अदालतका डिठ्ठा भएका थिए । राजा चिरञ्जिवीले हिउँदका केहि महिना मुकाम धेरैनीबाट माल र अदालत खज्र्यााङ्गबाट सञ्चालन गर्दथे । थम्मनबहादुरका पाला देखि गुल्मीका राजाहरुको पुरोत्याई अर्वाथोकका अज्र्यालहरुको सट्टा चिदिका पन्थीहरु गर्ने गर्दथे ।

उती बेला गुल्मीलाई ६ जिल्ला पनि भन्ने गरिन्थ्यो । नेपाल एकिकरण हुनु अघि यस क्षेत्रका चौबिसे राज्य मध्ये गुल्मी, अर्घा, खाँची, धुर्कोट , इस्मा र मुसिकोट पृथक ६ राज्य थिए । नेपाल एकिकण पछि बाँकी ५ राज्य पाल्पा गौडको प्रशासनिक नियन्त्रणमा आ–आफ्नो अस्तित्व मेटाई रहे भने गुल्मी भने २०१७ साल सम्म सिमित स्वत्तता सहित पृथक राज्यका रुपमा रह्यो । तर पनि प्रशासनिक, शान्ति सुरक्षा न्यायिक क्षेत्र र राजश्व आदि जस्ता बिषयमा बाग्लुङ्ग र पाल्पाकै मुख ताक्नु पर्ने अबस्था थियो । २००८ सालमा आएर तम्घासमा पृथक गौडा स्थापना भयो। त्यति बेला तिरो असुली, रजिष्टेशन र सिमित अदालती अधिकार दिईएको थियो । जुन बेला हालको अर्घाखाँची र गुल्मी जिल्ला एउटै जिल्ला थिए । तम्घासमा माल स्थापना हुँदा बैकुण्ठबहादुर चन्द कर्मचारीका रुपमा आएका थिए । गुल्मीका प्रथम बडाहाकीम भार्सेका गिरिप्रसाद बुडाथोकी थिए । तत्कालिन बृटिश इन्डियाका होनररी क्याप्टेन रहेका उनलाई राज महेन्द्रले नेपाली सेनाको पेशागत क्षमता बढाउन बुढाथोकिलाई नेपाली सेनाको मानर्थ मेजर जर्नेल समेत बनाए । रिटार्ट पछि गुल्मीको बडाहाकिम देखि मछी राष्ट्रिय पन्चायतको सदस्री देखि मन्त्री समेत बनाएका थिए ।

त्यस पछि डोरविक्रम, कुञ्जविहारी, गुप्तबहादुर गुरुङ्ग, नरबहादुर शाह , चन्द्रमान थकाली, नरकान्त अधिकारी र अन्ति बडाहाकिम जयाप्रसाद भन्ने थिए । तम्घास बजार विस्तारको देन तत्कालिन बडाहाकिम चन्द्रमान थकालीलाई जाने तम्घासका पुराना समाज सेवी नन्दराम भुसाल बताउनु हुन्छ । देशलाई १४ अञ्चल ७५ जिल्ला घोषण गर्दा गुल्मीको पुरानो ६ राज्य गुल्मी, इस्मा, धुर्कोट, मुसिकोटलाई गुल्मी जिल्ला र अर्घा र खाँचीलाई एउटै जिल्ला बनाईएको थियो । २०२७ सालमा आएर शान्ति सुरक्षा समेत हेर्ने प्रम्ख जिल्ला अधिकारीको ब्यवस्था गरिएको थियो ।

२०२७ देखि सिडिओ

यसर्थ गुल्मीको प्रथम प्रमुख जिल्ला अधिकारी रुप बहादुर स्वार थिए । उनी २०२७ सालमा आई २०२८ साल असार २ गते सरुवा भएका थिए । २०२८ असार २७ गते रामजी प्रसाद गुप्ता दोश्रो प्रमुख जिल्ला अधिकारी भएर आएर २०२९ मंसिर ३ गते गए । २०२९ साल मंसिर ७ गते चक्रबन्धु अर्याल आएर २०३३ मंसिर ३ गते गए । २०३३ । ७ । १९ देखि २०२०३६ । ६ । ३१ सम्म दामोदर प्रसाद रेग्मी यहाँ प्रजिअ भएर बसे । आए र २०३३ साल २०३६ । ७ । ३० देखि २०३७ । ३ । ६ गते सम्म लोकेन्द्रराज शर्मा, २०३७ । ८ । २९ देखि २०३९ । ६ । २४ गते सम्म रामचन्द्र उपाध्याय , २०३९ ।

७ । १९ देखि २०४० । ११ । ३ गते सम्म बलाराम कापर , २०४० । १२ । ५ गते सम्म बद्रिनाथ शर्मा यहाँको प्रजिअ रहे । २०४२ साल १२ । ३ देखि २०४६ । ३ । ६ गते सम्म केशव प्रसाद पौड्याल , २०४६ । ३ । २५ देखि २०६ । १२ । २२ सम्म रामकृष्ण पन्त , २०४७ । १ । २७ देखि २०४७ । ५ । ७ गते सम्म गणेशप्रसाद भट्टराई यहाँको प्रजिअ रहे । २०४७ । ५ । २१ देखि २०४८ ७ । २५ सम्म विजयराज भट्टराई , २०४८ । ८ । ९ देखि २०४९ । ९ । ३ गते सम्म पदमराज रेग्मी , २०४९ । ९ । २७ देखि २०५२ । ६ । १२ गते सम्म पदमराज रेग्मी , २०४९ । ९ । २७ देखि २०४९ । १२ २४ सम्म कमल प्रसाद लालकर्ण , २०५० । ३ २७ गते देखि २०५२ । ६ । १२ गते सम्म बद्रीबहादुर कार्की , २०५२ । ६ । २२ देखि २०५३ । १२ । २४ सम्म गंगाबहादुर केसी यहाँका प्रजिअ रहेका थिए ।

त्यस्तै २०५४ । १ । ८ देखि २०५४ । ९ । १४ सम्म बिष्णु नाथ शर्मा , २०५४ । ९ । २४ देखि २०५५ । ३ । ३२ गते सम्म मोहनसिंह खत्री गुल्मीको १८ औं प्रजिअका रुपमा आए । २०५५ । ४ । ६ देखि २०५६ । ८ । २२ सम्म प्रेम नारायण शर्मा , २०५६ । ९ । ४ देखि २०५८ । ३ । ३१ सम्म शिवप्रसाद नेपाल , २०५८ । ४ । १८ देखि २०५८ । ९ । २९ सम्म गीता प्रसाद शर्मा , २०५९ । १ । २९ देखि २०६२ । १ । २६ सम्म नेत्रप्रसाद शर्मा यहाँको प्रजिअ रहँदा जनयुद्धकाल भएकोले निकै चर्चित बने । २०६२ । २ । ३० देखि २०६३ । ३ । १५ सम्म दुर्गाप्रसाद पोखरेल , २०६३ । ३ । २५ देखि २०२०६४ । २ । २३ सम्म शंकर अर्याल सिडिोओ रहेका थिए ।

२०६४ । ३ । १० देखि २०६५ । ६ । २५ गते सम्म अब्दुल कलम खाँ २५ औं प्रजिअका रुपमा आए । २०६५ । ७ । १८ देखि देखि २०६६ । ३ । १९ गतृे सम्म टेकविरजंग रायमाझी, २०६६ । ४ । २३ देखि २०६८ । ३ । १० सम्म बसेका पर्शुराम अर्याल २७ औं सिडियोका रुपमा निकै चर्चित र यहाँका सरोकारवालका निकै प्रिय पनि बने । हकी स्वभावका उनले पुरानो शासकिय शैलीलाई सेवकका रुपमा सुधारेर गए ।

उनको पाला देखि क्रमशः आउने सबै सिडियोहरु शासकका शैलीमा नभई सेवकका रुपमा प्रस्तुत हुँदै आएका छन । २०६८ । ३ । १२ देखि २०७० । ३ । १० सम्म बसेका कबिन्द्र नेपाल यस जिल्लामा थप प्रिय र सिर्जनशिल काम गर्ने सिडियोको छवि बनाएर हिडेका थिए । २०७० । ३ । २१ देखि २०७१ । ८ । १० गते सम्म कमलराज ढकाल , २०७१ । ८ । ११ देखि २०७२ । ७ । ९ सम्म चन्द्रप्रसाद गैरे , २०७२ । ७ । १० देखि २०७३ । ३ । १७ सम्म बसेका प्रदिपराज कँडेलले आफुलाई अर्को एक उत्कृष्ट सिडियोका रुपमा उभ्याए ।

उनि अकाउन्टीविलिटी ल्याव नेपालले आयोजना गरेको ईन्टीग्रेटी आईडल सन २०१५ मा देशकै उत्कृष्ट प्रशासकका रुपमा पुरस्कृत समेत भएका थिए । उनि पछि २०१६ मा सोही संस्थाले तम्घास शिद्धबाबा माविका प्रअ डोरविक्रम श्रीसलाई देशकै उत्कृष्ट शिक्षकका रुपमा पुरस्कृत गरेको थियो । २०७३ । ३ । २० देखि २०७३ । ८ । १५ सम्म उदयबहादुर राना ३२ औ सिडियो र पहिलो जनजाती समुदायबाट आए ।

२०७३ । ८ । २३ गते देखि २०२०७४ । ६ । ११ सम्मकृणप्रसाद ढुङ्गाना , २०७४ । ६ । १२ देखि २०७५ । १ । ३१ सम्म गुल्मीकै बासीन्दा गोपालप्रसाद आर्याल सिडियो रहे उनले २०७४ को निर्वाचन सफल पारेका थिए । २०७५ , ज्ञ । ज्ञट देखि २०७५ । ३ । १३ सम्म कोशलराज शर्मा र २०७५ । ३ । १८ देखि २०७६ । ७ । ८ गते सम्म यदुनाथ पौड्याल पनि प्रशासनलाई चुस्त दुरुस्त बनाउने सिडियोका रुपमा चिनिए । २०७६ । ७ । १५ देखि २०७६ । ११ । १२ सम्म कोशहरी निरौला र २०७६ । १२ । ५ गते देखि २०७७ । ९ । ९ । ७ सम्म बसेका भरतकुमार शर्माले पनि छोटो समय भए पनि कुशल प्रशासकको रुपमा आफुलाई उभ्याए ।

३९ औं सिडियोका रुपमा गुल्मीको ईतिहासमा महिला सिडियोका रुपमा आएकी रुद्रदेवी शर्मा यहाँको शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा अब्बल सिडियोकाृे भुमिका देखाए। हिडिन । २०२०७७ । ९ । ८ देखि २०७८ । ६ । २ गते सम्म यहाँको सिडियो रहेकी उनको पालामा दुई रहश्यमय हत्या घटनाको ६ महिना सम्म रहश्य खुल्न नसक्दा उनको कार्यकक्ष घेराउ सम्म भएको थियो ।

तर उनैको पालमा भाडगाउँ र छिनुवा हत्या काण्डका अपराधी पत्ता लागेर कानुनी कठघरामा उभ्याईयो । अन्य अपराधका घटनामा पनि उनलाई सफला मिल्यो । । प्रशासनमा आबश्यक सुधारका काम पनि उनले गरिन । ४० औं सिडियो पुण्यविक्रम पौड्यालले पनि यहाँका बासीन्दामा छापा छोडेर हिडे । आब २०७८/०७९ र आब २०७९/८० गरी दुबै बर्ष गुल्मी जिल्ला प्रशासनलाई देशकै प्रथम बनाउनमा उनको भुमिका निकै रहेको उनी मातहतका कर्मचारी बताउँछन । प्रदिपराज कँडेलले जस्तै पौड्यालले पनि प्रशासनिक सेवाका अलवा सोसल वर्करुका रुपमा आफुलाई उभ्याए ।

उनि २०२०७८ । ६ । ७ देखि २०७९ । १० । ११ गते सम्म गुल्मीको सिडियो रहेका थिए । । २०७९ । १० १६ देखि २०८० । २ । ५ गते सम्म सिडियो रहेका सागरमणि पाठक छोटो समय बसे पनि सरोकारवालको मनमा गड्ने गरी काम गरे । ४१ औं बर्तमान सिडियो टेकबहादुर केसी गत ६ महिना देखि कार्यरत छन । यस बर्ष गुल्मी जिल्ला प्रशासन देशकै उत्कृष्ट हुने मुल्याङनमा पर्नुको जस उनलाई पनि जान्छ । अझ भनौं पुण्य विक्रम, सागरमणि र टेकबहादुर केसी तिनै जनलाई जान्छ । केसी २०८० । २ । १२ गते जिम्मेवारी सम्हालन आएका हुन । पछिल्ला यी तिन वटै सिडियोका दाहिने हात बन्दै आएका छन सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार