१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बैंकक । राजधानी सहरको मध्यभागमा रहेको लक्जरी सपिङ मलमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ । सो हत्याकाण्डमा परी थप पाँच जना घाइते भएपछि एक १४ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

गोलीबारी सहरको सबैभन्दा प्रसिद्ध किनमेल केन्द्रहरू मध्ये एक सियाम प्यारागनमा भएको थियो। यसरी मारिनेहरू चीन र म्यानमारका नागरिक थिए, थाइल्याण्डका प्रहरी प्रमुखले भने। पक्राउ परेका संदिग्ध जसको मनसाय अस्पष्ट देखिएको छ । सो गोली काण्ड पछि प्रहरी अधिकारीहरु समक्ष आत्मसमर्पण गरेका थिए, जतिखेर उनको हातमा एक ह्यान्डगन थियो, प्रहरीले भने।

सो घटनामा घाइते भएका अन्य पाँच जनामा एक लाओस, एक चिनियाँ र तीन थाई नागरिक घाइते भएका थिए । मारिनेमा एक जना चिनियाँ र अर्को मलमा काम गर्ने बर्मेली रहेको राष्ट्रिय प्रहरी प्रमुख तोर्साक सुकभिमोलले पत्रकार सम्मेलनमा बताए ।

सिसिटिभी फुटेजमा सियाम प्यारागन मल भित्र पसलहरू बाहिर निस्कन दौडिरहेको देखिएको देखिएकाे छ, जब उनीहरूले धेरै गोली चलेको सुनेका थिए भने काेलाहल भागदाैड मच्चिएकाे थियाे । 

स्थानीय समय अनुसार साँझ ५ः१० बजे पुलिस घटनास्थलमा आइपुग्दा र आक्रमणकारीलाई निशस्त्र गर्न सक्षम हुँदा त्यतिबेलासम्म धेरै मानिसहरूलाई चोट लागिसकेको थियो। बैंककको यस भीडभाड भागबाट एम्बुलेन्सहरू निकाल्न पनि एक घण्टा भन्दा बढी समय लागेकाे थियाे, ट्राफिक छिचाेल्दै पीडितहरूलाई अस्पताल पुर्‍याएकाे थियाे । 

आरोपित किशोरलाई पाथुमवन प्रहरी चौकीमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा