ताजा अपडेट »

भूकम्पपछिको पहिरोमा परेर बझाङकी एक महिला बेपत्ता

मंगलबार, १६ असोज २०८०, २१ : ०७
114 Shares
मंगलबार, १६ असोज २०८०
114 Shares

धनगढी । बझाङकी एक महिला बेपत्ता भएकी छन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ ओखलीकी एक महिला बेपत्ता भएकी हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ४० वर्षीया गुनमति धामी टिमुर टिप्न जंगल गएकी थिइन्। उनी घर नफर्किएपछि खोजी गर्दा उनी रहेको भू–भागमा पहिरो गएको छ। धामीको अवस्था अज्ञात रहेको छ। भूकम्पपछिको पहिरोमा परेर धामी बेपत्ता भएकी हुन सक्ने प्रहरीले अनुमान गरेको छ। उक्त क्षेत्रमा खोजीका लागि प्रहरी परिचालन गरिएको छ।

मङ्गलबार दिउँसो ६ दशमलव ३ म्याग्निटिउडको भूकम्प गएको थियो। जिल्लामा भूकम्पका कारण १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख भरत शाहका अनुसार भौतिक तथा मानवीय क्षतिको पूर्ण विवरण भने आएको छैन।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।