२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । लुम्बिनी प्रदेशमा लम्पी स्कीन रोगबाट अहिलेसम्म ९ हजार ६११ पशुको मृत्यु भएको छ भने १ लाख ९२ हजार १८ संक्रमति भएका छन् ।

Advertisement

जसमध्ये १ लाख १८ हजार १२९ पशुपन्छीको उपचार भएको लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशका प्रवेश सिहं कुवरले जानकारी दिए । संक्रमित पशुहरु मध्ये ५ हजार ८०१ भैसी हुन् । ती मध्ये ५ हजार ३०९ भैसीको उपचार भएको छ भने १५६ को मृत्यु भएको छ । संक्रमित पशुहरुको उपचार स्थानीय तह र पशु कार्यालयवाट गरी उपचार गरिएको निर्देशनालयका निर्देशक कुँबरले बताए ।

यस्तै लुम्बिनी प्रदेश भर गरी हालसम्म ७५ हजार ४२० पशुपन्छीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको निर्देशनालयका निर्देशक कुँबरले बताए । सरकारले एक पछि अर्को जिल्लामा पशुहरु लम्पी स्कीन रोगवाट संक्रमित हुन थालेपछि विगत ३ महिनादेखी उक्त रोग नलाग्ने खोप लगाएको सुरु गरेको थियो । स्थानीय सरकार र निर्देशनालय मिलेर समयमा नै पशुको उपचारदेखि लम्पी स्किन विरुद्धको खोप लगाउने कार्य गर्दा छिट्टै नै नियन्त्रण गर्न सकिएको निर्देशक कुँबरले बताए ।

‘सुरुमा धेरै पुशमा नै यो रोग लागेको थियो । हामीले स्थानीय तहसँग सहकार्य गरे खोप लगाउनेदेखि विभिन्न काम गर्दा छिट्टै नै नियन्त्रणमा लिन सफल भयौँ ।’– निर्देशक कुँबरले भने ‘अहिले उपचार पछि संक्रमित पशुको संख्या घटेको छ ।’अहिले पनि खोप लगाउन बाँकी रहेका पशुपन्छीमा लम्की स्किन विरुद्धको खोप लगाउने कार्य जारी रहेको उनले बताए ।

कुन जिल्लामा कति पशुपन्छी संक्रमित ?

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै पशुको मृत्यु रोल्पामा भएका छन् । रोल्पामा मात्रै ३ हजार ४९१ पशुहरु यस रोग लागेर मरेकोे निर्देशनालयले जनाएको छ । रोल्पामा ३१ हजार २१८ पशु संक्रमित रहेका छन् भने अहिलेसम्म त्यहाँ १८ हजार १६६ पशुपन्छीमा लम्की स्किन विरुद्धको खोप लगाइएको छ ।

यस्तै रुपन्देहीमा ७ हजार ९३४ संक्रमित, ४४७ पशुपन्छीे मृत्यु र ७ हजार ३३२ लाई खोप लगाइएको निर्देशनालयले जनाएको छ । बाँकेमा ४१ हजार ५२ संक्रमित, १५२ पशुको मृत्यु, बर्दियामा १ हजार ७८ पशु संक्रमित,१२५ पशुको मृत्यु, दाङमा २९ हजार २११ पशु संक्रमित, ७७६ पशुको मृत्यु, रुकुममा १४ हजार ४०९ संक्रमित,२ हजार ६२ पशुको मृत्यु भएको छ ।

यस्तै प्युठानमा ३४ हजार ७२० संक्रमित, ८११ पशुपन्छीको मृत्यु, अर्घाखाँचीमा ७ हजार २४१ संक्रमित, ३४२ पशु्पन्छीको मृत्यु, गुल्मीमा ९ हजार ४४७ संक्रमित, ३९० पशुपन्छीको मृत्यु, पाल्पामा ६ हजार ६७१ संक्रमित र ३६५ पशुपन्छीको मृत्यु, नवलपरासी पश्च्मिमा ८९४ संक्रमित र ४१ पशुपन्छीको मृत्यु भएको निर्दशनालयले जनाएको छ ।

यस्तै अहिलेसम्म कपिलवस्तुमा ४ हजार २५, बाँकेमा ६ हजार २३७, बर्दियामा ५ हजार २२५, दाङमा ३ हजार ६००, रुकुममा १२०, प्यूठानमा ७४७, अर्घाखाँचीमा ४ हजार ४०९, गुल्मीमा ११ हजार १४९ र पाल्पामा २ हजार २६९ पशपन्छीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । साथै नवलपरासी पश्च्मिमा अहिलेसम्म एउटा पशुपन्छीमा पनि लम्पी स्किन विरुद्धको खोप लगाइएको छैन् ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै