ताजा अपडेट »

कस्तो होला गुल्मीका आधारभुत अस्पतालका भवनहरुको भविष्य ?

विहीबार, ११ असोज २०८०, १७ : १७
44 Shares

गुल्मी । १५ शैयाको आधारभुत अस्पतालको भवन गुल्मीका १२ वटा स्थानीयतह मध्ये सबै भन्दा पहिला सम्पन्न गर्ने गुल्मीदबार गाउँपालिका बनेको छ । सो पालिकाका आधारभुत अस्पतालको शतप्रतिशत काम सम्पन्न भएको सो पालिकाले जनाएको छ । अन्य पालिकाले पनि आधारभुत अस्पतालको भवन निर्माणको काम तीब्रगतिमा अगाडी बढाएका छन् । तर इस्मागाउँपालिकामा भने धिमागतिमा करिब २५ प्रतिशत मात्रै काम भएको पालिका प्रमुख भगतसिंह खड्का बताउँछन ।

गुल्मीदरबार गाउँपालिकामाको अस्पताल भवन भने करिब शतप्रतिशत काम सकेर निर्माण ब्यवसायीले बुझाउने तयारीमा पुराएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिए । उनका अनुसार उक्त भवन निर्माणको काम एमएसबिकेवाई अर्जुन न्युलिजा जेभिसंग लागतमा २०७८ साल असार २५ गते सम्झौता भएको थियो । १७ करोड ४२ लाख ८७ हजार १७७ रुपैयाँ लागत रहेकोमा १२ करोड ९४ लाख ५६ हजार ९१३ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सोही अनुरुप जेभीले समय अवधी भित्रै २०८० को असार ३१ गते सम्पन्न भए पनि रकम भुक्तानी दिन बाँकी रहेकोले त्यस निर्माण जेभिले पालिकालाई नबुझाएको पन्थीले बताए । आगमी वर्ष भित्रैमा पालिका स्तरीय आधारभुत अस्पतालका भवनहरु सम्पन्न भई सक्ने र अन्य पनि धमाधम बन्दै जाँदा यी भवनको भविष्य वर्तमान जिल्ला अस्पतालकै जस्तो रहने हो कि वा भवन जस्तै भित्र पनि पुर्ण हुने होला ? भन्ने बारे भविष्यको चिन्तन मनन सुरु भएको छ सरोकारवाला बिच ।

भवन त निकै उत्कासह लाग्दा भने तर भोलि भित्र स्वास्थ्य उपकरण र जनशक्तिका बिषयमा भने निकै चुनौतीको बिषय भएकोले पालिकाहरुले अहिले देखिनै सोच्ने बेला आएको जिल्ला जनस्वास्थ्य अधिकृत पशुपति आचार्य बताउँछन । गुल्मीमा सरकारी जिल्ला स्तरीय अस्पताल २०२२ सालमा खानीखाउँस्थित व्यक्तिको भाडाको घरमा स्थापना भएको र २०३० सालमा भारतीय दुतावासीले हालको गुल्मी अस्पताल रहेको भवन बनाई दिएको अस्पताल विकास समितिका पुर्वअध्यक्ष शेरबहादुर थापा बताउँछन् ।

जिल्ला स्तरीय अस्पताल स्थापना भएको ५८ वर्ष हुँदा त अहिलेसम्म अस्पतालमा डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुको दरबन्दी सरकारले पठाउन सकेको छैन भने अब पालिका स्तरीय आधारभुत अस्पतालमा पठाउन सक्ला ? यस्तो प्रति प्रश्न गर्दै थापा भन्छन् शहरतिर त डाक्टर आउलन तर पाहाडी जिल्लामा यी करोडौंका भवन आखिर भुत बंगला जस्तै रित्तो नबन्ला भन्न सकिन्न

देशभर खर्बौंका आधरभुत अस्पतालका भवनहरु बनाईदै छ । यो रकमले डाक्टर सहितका स्वासथ्यकर्मीहरु उत्पादन गर्न सकिन्थ्यो र गुल्मी जस्ता पहाडी जिल्लामा डाक्टर र अन्य स्वास्थ्यकमीहरुको अभाव पुर्ति गर्न सकिन्थ्यो । तर उपकरण र जनशक्ति जिल्ला स्तरीय अस्पतालमै त्यो दशा छन् भने पालिका स्तरीय आधारभुत अस्पतालमा सरकारले उपकरण र जनशक्ती पुराउन सक्ने कुरामा शंका व्यक्त गर्दै सस्तो लोकप्रियताका लागि ल्याईने यस्तो योजनाहरुले राज्यलाई अनाबश्यक आर्थिक भारमा पार्ने उपलब्धी होईन क्षति पुग्ने गुल्मीका जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्रीको बुझाई छ ।

प्रत्येक पालिकामा प्रायः बाह्रै महिना मोटरबाटाको सुविधा छ । जसका कारण जिल्ला स्तरीय अस्पताललाई सुविधा सम्पन्न बनाउनु पर्ने खत्रीको बुझाई छ । त्यसो त गुल्मीको हकमा आधारभुत अस्पताल भन्दा बढि रकम खर्चेर जिल्ला स्तरीय अस्पतालको भवन निर्माण भईरहेको छ । भवन त बन्दै छ तर ५० शैयाको अस्पताल घोषणा भएको पनि बर्षऔं हुँदा सम्म त्यस अस्पतालमा तोकिएका दरबन्दीका डाक्टर र अन्य जनशक्तिको अभाव जस्ताको त्यस्तै छ । पालिका स्तरका आधारभुत अस्पतालका भवनहरु भोलिका दिनमा उपकरण र जनशक्तिको अभावमा भुत बंगला बन्न सक्ने प्रवल सम्भावना देखिन्छ । यस प्रति संघिय सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार