ताजा अपडेट »

एसियाली खेलकुद क्रिकेटः नेपाल र मंगोलिया बीचको खेल जारी

बुधबार, १० असोज २०८०, ०७ : ०८
36 Shares
बुधबार, १० असोज २०८०
36 Shares

काठमाडौं । नेपालले आज मंगोलियासँग क्रिकेट प्रतिस्पर्धा गर्दैछ । १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता पहिलो खेलमा नेपालले मंगोलियासँग प्रतिस्पर्धा गर्न लागेको हो । 

चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा सो प्रतिस्पर्धा भएको छ । नेपालले मँगोलिया विरुद्ध ब्याटिङ गरिरहेको छ । टि २० आई मान्यता प्राप्त उक्त खेलमा मंगोलियाले भने पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो, हालसम्म कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेट मंगोलियाले खेलेको अनुभव छैन । नेपालले कमजोर मानिएको टिम मंगोलियासँग बिभिन्न रेकर्ड राख्ने अवसर प्राप्त हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।