२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

गुल्मी । नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बरालले अहिलेको सरकारले चलाएको भष्ट्रचार विरोधीअभियानलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सघाई रहेको बताएका छन् । आईतबार प्रेस सेन्टर नेपाल , गुल्मी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बरालले यस्तो बताएका हुन् ।

Advertisement

‘एमाले अध्यक्ष ओलीज्यु , पुर्व प्रधानमन्त्री हुुनुहुन्छ । उहाँका पालामा रातीराती सुनको जलहरी चढाउने काम पनि भए । अहिलेको सरकारले त्यसको फाईल खोल्यो त्यस क्रममा आफ्ना मान्छे समातिए पछि बचाउका लागि यसलाई समात्नु पर्छ, उसलाई समात्नु पर्छ भन्दै बर्बराउन थाल्नु भयो । त्यसले सरकारलाई सुचना दिने काम भयो र धमाधम मान्छे समात्न सकारलाई सघाउ भयो । मलाई लाग्छ , पटक पटक उहाँ प्रधानमन्त्री रहेकोले भ्रष्टचारका थप सुचना उहाँसंग छन र उहाँले ती सुचना दिएर अहिलेको सरकारको भ्रष्टचार बिरोधी अभियानलाई उहाँले सघाउनु हुने नै छ ।’

नेता बरालले अहिलेको सरकारले भष्ट्रचार बिरोधी अभियान चलाउँदा कोही कोही मानिस निकै अत्तालिनु र जनतामा भ्रम छर्नु स्वभाविक भएको बताउँदै भने –‘तर अहिलेको जनता सचेत छन, को कस्तो रहेछ भनेर बुझी सकेकोले कसैले पहिलै खुट्टा नउँचाल्दा हुन्छ ।’ लुम्बिनी प्रदेश कमिटीको अध्यक्षको हैसियतले गृहजिल्लाको सचिवालय बैठकमा सहभागि हुन् आएका नेता बरालले सो पार्टीको जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान उत्साहजनक रुपमा प्रदेशभर अगाडी बढेको बताए ।

‘भदौं १६ गतेदेखि चलेको माओवादी केन्द्रको अभियान बिचमा तीज पर्वका कारण स्थगित भए जस्तो देखिए पनि हामी त्यति बेला पनि जनतासंगै रहेको र अभियानलाई अझ सशक्त बनाएर लैजाने गरी विभिन्न जिल्लाको सचिवालय बैठक राखेका हौं ’–उनले भने । नेता बरालका अनुसार लुम्बिनी प्रदेशका ९८३ वडाहरु मध्ये करिव ९ सय वडाहरुमा उद्घाटनदेखि जनतासंगका भेटघाट कार्यक्रम भईरहेको र त्यस क्रममा करिव एक हजार जना कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन । २०६४ पछि पलायन भएका थुप्रै कार्यकर्ताले सो पार्टीको सदस्यता नविकरण गरेको बताए।

रविलाई रोल्पा सिकाई स्थल
माओवादीको पकड रहेको जिल्ला रोल्पामा रास्वपा सभापति रवि लामिछाने यति बेला माओवादीको जनयुद्धलाई नकरात्मक असर पार्ने गरी प्रस्तुत भई रहेको पाईन्छ नि ? यसलाई कसरी लिनु भएको छ नि ? भन्ने प्रश्नमा नेता बरालले त्यसलाई सकारत्मक रुपमा लिएको र उनलाई राजनीति गर्न र विकास योजना बनाउन सिकाई केन्द्र बन्न सक्ने बताए । उनले भने –‘सभापति रवि लामिछानेजीले रोल्पा भ्रमण गर्नु भाको छ ।

त्यसबाट माओवादी पार्टी खुशी र उत्साहित भएको छ । रोल्पा जिल्ला जनयुद्ध र पञ्चायत बिरोधी आन्दोलनको ऐतिहासिक आधार ईलाका हो । हामी रोल्पाको थप विकासको क्रममा छौं । यस कारण सबै राजनैतिक दल , पुर्व प्रधानमन्त्रीहरु प्नि त्यहाँ पुगुन भन्ने हामी चाहन्छौँ। रोल्पाको विकास निर्माण र प्रगतिमा सबै लाग्नु पर्ने नै छ ।जनयुद्ध देखि अहिले सम्म माओवादी त्यहाँको विकास निर्माणमा लागेको थियो । रविजी अहिले त्यहाँ पुगेर त्यहाँका थप समस्या बाहिर ल्याउनु सकरात्मक पक्ष हो । त्यसले माओवादीलाई कुनै नकरात्मक असर गर्दैन ।’

पत्रकार भेटघाट कार्यक्रममा सो पार्टीका गुल्मी जिल्ला संयोजक युवराज केसीले माओवादी केन्द्रको यस तीन महिने अभियानमा जिल्ला सबै पत्रकारहरुले समाचार सम्प्रेषण गरेर सहयोग गर्दै आएकोमा धन्यवाद दिदै सँधैमा त्यस्तै सहयोगको अपेक्षा राखेको बताए । उनले गुल्मीमा तीन महिने अभियान पार्टी केन्द्रको उद्देश्य अनुरुपम सञ्चालन गरिएको र त्यसलाई थप प्रभावकारी बनाउने जिललामा खटिएको केन्द्रिय नेता सहित प्रदेश कमिटी स्तरिय बैठक शनिबार सम्पन्न भएको जानकारी दिए । कार्यक्रममा केन्द्रिय सदस्यद्वय कमल चुँदाली र बिरबहादुर कार्की लगायतका नेताहरु सहभागि थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै