ताजा अपडेट »

अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

शुक्रबार, ०५ असोज २०८०, १६ : ३१
32 Shares
शुक्रबार, ०५ असोज २०८०
32 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय महासभामा सहभाागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति वाइडेनबीच शुक्रबार भेटवार्ता भएको हो ।  

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रमा सहभागी देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजित रिसेप्सनमा राष्ट्रपति बाइडेनले स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डसँग संक्षिप्त कुराकानी गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति बाइडेनबीच अनौपचारिक भेटवार्ता भएको हो । 

रिसेप्सनमा सहभागी अन्य देशका सरकारप्रमुख एवं राष्ट्रप्रमखुहरूलाई पनि स्वागत गर्ने क्रममा बाइडेनले प्रधानमन्त्री प्रचण्डलाई पनि स्वागत गरेका हुन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।