२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । गुल्मीको हुँगाका अशोक पौडेलले नेपाली क्रिकेट क्षेत्रमा एक उदयमान खेलाडीको पहिचान बनाउन सफल भएका छन् । सानो उमेरदेखि क्रिकेट खेल हेर्न र खेल्न मन पराउने अशोक अहिले आफ्नै मेहनत र परिवारको साथले अन्डर–१९ राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा परेका छन् ।

Advertisement

गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर १ हुँगामा जन्मिएका पौडेल अहिले अन्डर–१९ राष्ट्रिय क्रिकेट टिमको क्लोज क्याम्पमा परेका हुन । बुवा शोभाखर पौडेल र आमा तुल्सा पौडेलको कोखबाट जन्मिएका अशोकको बाल्यकाल गुल्मीमै वित्यो । कक्षा १ देखि ३ सम्म गुल्मीमै पढेका उनले कक्षा ४ र ५ भने बुटवलमा रहेको ह्वाईड बोडिङ स्कुलमा पढे । त्यसपछि अध्यायनका लागि उनी काठमाडौं पुगे । क्रिकेट खेलप्रति उनको रुची भएपनि गाउँमा त्यत्ति सहज भएन । उनी अध्यायनकै लागि काठमाडौंमा पुग्दा १२ वर्षको उमेरमा क्रिकेट खेल्न सुरु गरे ।

काठमाडौंमा रहेको ग्रेड हिमालय क्रिकेट एकेडेमीबाट प्रशिक्षण लिएपछि औपचारिक क्रिकेट खेल्न थालेका पौडेल अथक मेहनत र परिश्रमबाट अन्डर–१९ राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा परेका हुन । बन्द प्रशिक्षणमा पर्नु अघि उनले प्रदेश स्तरीय क्रिकेट खेल समेत खेलेका थिए ।अन्डर–१९ प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा ३ वर्षसम्म बाग्मती प्रदेशबाट खेलेका अशोक बुवा र आमाको प्रेरणाले नै क्रिकेटमा रुची बढ्दै गएको बताउँछन् ।

अन्डर–१९ मा पहिले छनोट भए पनि ईन्जुरीका कारण खेल्न नपाएका अशोकले पछि प्रधानमन्त्री कप क्रिकेट खेले । नुवाकोटबाट पिएम कप खेलका अशोकले काठमाडौं विरुद्ध ६० रन बनाएका थिए । त्यसपछि फेरी ईन्जुरी भयो । ‘खेल्ने क्रममा ईन्जुरी भएपछि डाक्टरले ४० दिन आराम गर्न सल्लाह दिनुभएको थियो । तर २० दिनपछि अन्डर–१९ को गेम भएकोले २० दिनमै खेल खेले बाग्मतीबाट । त्यो बेला कर्णालीलाई ५८ रन हानेको थिए’ उनले भने ।

उनले अहिले बन्द प्रशिक्षणमा भए पनि आफू अन्डर–१९ राष्ट्रिय टिममा पर्ने आशा गरेको बताए । उनले आफूले क्रिकेट खेल्ने मौका पाए देशका लागि क्रिकेट खेल्ने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै