ताजा अपडेट »

नेपाली अर्थतन्त्रमा युवा उद्यमीका अवसर

आइतबार, ३१ भदौ २०८०, १३ : ४०
32 Shares

नविन व्यवसायको तयारी गर्ने, व्यवसायको स्थापना गर्ने, त्यसका बारेमा विविध प्रकारका खोज अनुसन्धान गर्ने, जोखिम लिन चाहने, सञ्चालन गर्नका लागि जागरुकता, उत्सुकतासहित ईच्छाँशक्ति र सिर्जनात्मक सोचाई तथा क्षमतालाई उद्यमशिलता भनिन्छ । युवा उद्यमी भन्नाले २० वर्षदेखि ४० वर्ष उमेर समुहका व्यक्तिहरुबाट सञ्चालित उद्योग, व्यवसाय वा उनीहरुबाट सिर्जना गरिएको नयाँ व्यवसायिक रणनीतिक योजनालाई बुझाउँदछ । यस्तो व्यवसायिक रणनीति, उद्योग व्पवसायले व्यक्ति स्वंयमको रोजगारीका आवश्यकता मात्रै पूरा नगरेर सम्रग रुपमा त्यही समाज र राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा बेरोजगार भएर बसेका युवाको आवश्यकतालाई क्रमिक रुपमा पुरा गर्ने सामाथ्र्यतता राख्ने गर्दछ ।

नेपालको सन्दर्भमा युवा उद्यमी भनेर १६-४० वर्ष उमेर समुह भित्रका युवाहरुबाट सञ्चालित उद्योग व्यवसाय वा उनीहरुबाट सिर्जना गरिएको व्यवसाय सञ्चालन सम्बन्धि योजना वा रणनीतिलाई बुझिन्छ भनी राष्ट्रिय तथ्याङ्क विभागले परिभाषित गरेको छ । नेपालको राष्ट्रिय युवा नीतिको पछिल्लो तथ्याङ्क देशमा अहिले ४१ लाख युवा उद्यमीले उद्यमशिलताको विकास प्रबर्धन तथा नयाँ नयाँ नयाँ व्यवसायिक रणनीति तथा कार्ययोजनाको बारेमा कार्यक्रम गरिरहेको बताएको छ । विशेष गरी युवा उद्यमीहरु वस्तुको उत्पादनमुलक गतिविधिमा उत्पादन लागत कसरी गर्न सकिन्छ भनेर आफ्नो ध्यान केन्द्रित गरेका छन् ।

नेपालमा सफल भएका युवा उद्यमीका योजनाहरुमा ई-सेवा, फोन-पे, दराजा, टुटल, बैंकलाई लिन सकिन्छ । प्रस्तुत लेखमा नेपालमा रहेर आफ्नो व्यवसाय सञ्चालन गरिरहेका युवा व्यवसायी, उद्यमीका अवसरका क्षेत्रहरुका बारेमा चर्चा गर्न खोजिएको छ । नेपाली अर्थतन्त्रमा युवा उद्यमीको पहुँच स्थापना हुनु विश्वव्यापीकरण, नीजीकरण तथा नेपाल सरकारले विश्व व्यापार संघको सदस्यता लिनुलाई पनि लिईएको छ ।

वर्तमान समयमा समुदाय, राष्ट्र, अन्तर्राष्ट्रिय स्तरका उपभोक्ताहरुलाई उनिहरुले चाहेका सबै प्रकारका बस्तु तथा सेवाहरु सरल, सहज र सस्तो तवरबाट उपलब्ध गराउने क्षमता युवा उद्यमीहरु सँग मात्रै रहेको छ । किनकी उनिहरुले आफ्ना सम्पूर्ण सेवा, सुविधा तथा उत्पादनहरुलाई प्रविधिको सहायताले तिस सेकेण्डमा नै संसारभर उपलब्ध गराउन सक्ने क्षमता राख्दछ । यस प्रकारको क्षमतालाई स्वदेशमा नै टिकाई राद्यनका लागि बैंक तथा वित्तीय संस्थाबाट सहज रुपमा कर्जा प्रवाह हुनु आवश्यक छ । नेपाली बैंक तथा वित्तीय क्षेत्रले परियोजनामा आधारित कर्जा प्रवाह कार्य अभ्यासमा ल्याएमा बढ्दो प्रतिभा पलायनलाई समेत रोक्न सक्ने अवस्थाको सिर्जना हुने थियो ।

वर्तमान समयमा फेसन र डिजाईनमा अभिरुची राख्नेको जनसंख्या दिन प्रतिदिन बढेको छ । त्यसैगरी आफ्नो सौन्र्दयतामा कमि आउन नदिनेको संख्या पनि बढिरहेको छ । शहरमा फेसनमा रमाउन चाहने युवा युवती तथा प्रौढको चाहनालाई पुरा गराउने एक मात्र माध्यम ब्यूटी पार्लर तथा सैलुन व्यवसाय भएकोले यि उद्यम सँग सम्बन्धित कच्चाँ पदाथर््ा उत्पादन गर्ने उद्योग तथा स्वयम ति व्यवसायमा युवा पुस्ताले बौद्दिकता र आर्थिक लगानी गरी नयाँ विश्व परिवेश अनुसार सेवालाई परिवर्तन गर्न सकेमा आम्दानीको बलियो सम्भावना क्षेत्र हुनेमा कुनै शंका छैन् । यसलाई थप व्यवस्थित बनाउनका लागि तिन वटै तहका सरकारको ठोस रणनीतिक योजना आउनु पर्छ । यो क्षेत्रमा युवा उद्यमीको सम्भावना रहेकोले बैकं तथा वितिय संस्थाले सरल सहज तवरले कर्जा प्रवाह गर्नुपर्छ । ब्यूटी पार्लर तथा सैलुन व्यवसायमा नेपालमा ठूलो सम्भावना रहेको छ । यसलाई सहि तरिकाले सम्बोधन गर्न सकिएको अवस्थामा वार्षिक रुपमा बाहिरिने अर्बौको नेपाली पुजीँलाई सामाजीक आर्थिक पूर्वाधारका क्षेत्रमा लगानी गरी ११ प्रतिशतको दरमा रहेको आन्तरिक बेरोजगारी न्यूनीकरण गर्न सक्ने सम्भावना पनि रहेको छ ।

अन्य कुराहरु यथावत रहेको समयमा नेपालको पुष्प तथा नर्सरी व्यवसायको कुल मागको ९५ प्रतिशत हिस्सा बाह्य मुलुकबाट आउने पुष्प तथा नर्सरीका बिरुवाले ओगटेको पाईयो । नेपाल फ्लोरीकल्चर एसोसिएसनका अनुसार रुपन्देहीको बेलहिया नाका प्रयोग गरेर वार्षिक दुई अर्ब बराबरका यि उत्पादनहरु आयात हुने गरेको छ । यसकारण यस व्यवसायमा युवा पुस्ताको ज्ञान, सीप , पूँजीलाई समुचित तरिकाले प्रयोग गर्न सकिने प्रचुर सम्भावना रहेको छ । जन्म देखी मृत्यु सम्मका अनेक गतिविधिमा यस क्षेत्रका उत्पादनको माग सदावहार रुपमा हुने हुनाले युवा उद्यमीका लागी कम लगानीमा अधिक फाईदा लिन सकिने दीर्घकालिन स्रोतका रुपमा यसको सम्भाव्यता रहिरहेको छ ।

नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातीहरुको बसोवास तथा सास्कृतिक विविधता रहेको मुलुक भएको कारणले गर्दा पर्यटन व्यवसायको सम्भावना अधिक मात्रामा रहेको छ । विश्व अर्थतन्त्रमा कोभिड १९ को प्रकोप केही मत्थर भएपछि यो क्षेत्रमा पुनः आसाका किरणहरु देखिन आगेका छन् । पर्यटन व्यवसायको पुरक व्यवसायको रुपमा रहेको होटल तथा हस्पीटालीटी व्यवसाय पछिल्लो समयमा युवा उद्यमीका लागि एक सम्भाव्य क्षेत्र हो । विश्वमा दुर्लभ मानिएका वनस्पति, हावापानी, जीवजन्तु, देखी विश्व शान्तिको, मुहान लुम्बिनी, विश्व सम्पदा सूचीमा रहेका ऐतिहासिक, पुरातात्विक, तिर्थस्थलहरु, विश्वको सर्वोच्च शिखर सगरमाथा, रानीमहल, पशुपति, जनकपुरधाम जस्ता महत्वपूर्ण स्थलहरुल् नेपाली अर्थतन्त्रमा युवा उद्यमीका लागि सम्भाव्यता क्षेत्र रहेको प्रमाणित गर्दछन् ।

विज्ञान र प्रविधिको क्षेत्रमा सन् १९९० को दशक पछि भएको तिव्र विकास र बिस्तारको कारणले यो क्षेत्रमा नयाँ स्वरोजगारी तथा नवप्रर्वतनका कार्यहरुमा युवा जनशक्तिको माग अत्यधिक रहेको छ । प्रविधिको क्षेत्रमा विकसित अर्थतन्त्रमा भन्दा धेरै अवसरहरु विकासोन्मुख अर्थतन्त्रमा रहने गर्दछन् । किनकी विकासोन्मुख देशमा प्राविधिक कार्यहरु सञ्चालन गर्नका जनशक्तिको अभाव रहिरहने गर्दछ । विकसित अर्थतन्त्रमा पूर्वाधारका कामहरु पहिले नै समापन भईसकेको हुनाले आसातित गतिमा अवसर पाउन सकिदैन भने नेपालमा देशको सबै भूगोलमा यो क्षेत्रको जानकार रहेको युवालाई अत्यधिक अवसर रहेको छ ।

मुलुकलाई समृद्ध बनाउनको लागी युवा जनशक्तिलाई स्वदेशमा नै लगानीयोग्य बातावरणको निमार्ण गरी उद्यमशिलताको विकास सँगसँगै आत्म निर्भर अर्थतन्त्रको विकास गर्ने अभियानमा हामी सबै आ आफ्नो क्षेत्र तथा स्थानबाट लागी परौं । भ्रष्टाचार गरेर जीवन सिर्गानु भन्दा आफ्नो बुद्दिको प्रयोग गरेर नयाँ नयाँ अनुसन्धान गरि सभ्य समाजको निमार्ण गर्न सकेको अवस्थामा मात्रै मानविय जीवनको औचित्यता पुष्टि हुनेछ ।

नेपालको जनगणना–२०७८ ले करिब २२ लाख नेपाली मुलुकबाहिर रहेको देखाएको छ । यो नेपाली नागरिकता कायमै राखेर बिदेसिएकाहरूको तथ्यांक हो । यसबाहेक देश छोडेर गएका र नागरिकता पनि त्यागिसकेका नेपाली मूलका मानिसहरूको संख्या गणनामा छैन । छिमेकी मुलुकले बाहिरिएका नागरिकतलाई देशप्रेम भावना जगाएर उनिहरुलाई स्वदेशमा लगानीका लागि प्रेरित गरिरहेको अवस्थामा हाम्रा नेतृत्वले दाताको सहयोगमा समेत भ्रष्टाचार गरेर नागरिकहरुको हुर्मत काडिरहेका छन् ।

आर्थिक वर्ष २०७९/८० असार मसान्त सम्ममा करिब ८ लाख युवाले वैदेशिक रोजगारीको अनुमति लिएका छन । सोही अवधिमा थप १ लाख १०हजार युवाले विदेश अध्ययनको अनुमति पाएका छन । पहिलेदेखि नै विदेशमै रोजगार रहेका र उतै बसोबास गरेकाहरू लाखौंमा छन । अनौपचारिक माध्यम र पर्यटक भिसा लिएर पलायन हुनेहरूको संख्या पनि सानो छैन । रोजगारीका लागि खाडी मुलुक, मलेसिया, कोरिया, जापान आदि गएकाहरू युवाहरु केही समयमा स्वदेश फर्कन्छन् ।

हुमराज भुसाल
लेखकको बारेमा
हुमराज भुसाल