१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

बुटवल । रुपन्देहीको सुद्धोधन गाउँपालिका–४ की ५९ वर्षीया मनरुपा रेग्मी कानले त्यति सारो सुन्दिनन् । नजर धमिलिँदै गएको उनको आँखा पनि अहिले ओभानो छैन । साहूलाई तिर्नुपर्ने लाखौं ऋण, अर्कोतर्फ सोही ऋण तिर्न लाखौमा विक्री गरेको घर जग्गा कुम्ल्याएर दलालले धोका दिएपछि थपिएको पीर । ७२ वर्षीय श्रीमान रत्नखर पनि न्यायको खोजी गर्दै भौतारीँदा थकित बनेका छन् ।

Advertisement

रुपन्देही सुद्धोधन–४ (साविक सौफर्साटिकर–८) मा मनरुपाको नाममा रहेको कित्ता नम्बर २३८६ को १५ धुर जग्गासहितको एक तले घर साहूको ऋण तिर्न विक्री गरेका रेग्मी दम्पत्तिले विश्वासकै आधारमा बैंकको चेक बुझेर नामसारी गरिदिएका थिए । कारोबारभन्दा पछिल्लो मितिका ३ वटा चेक थमाएर दलालले उनीहरुबाट घर जग्गा कुम्लाएर पनि तेस्रो व्यक्तिलाई विक्रि गरिसकेका छन् । कारोबार भएको २ वर्षसम्म पनि उनीहरुको हातमा रकम भने परेन । यसरी दलालले घर जग्गा कुम्ल्याएपछि उनीहरुले नत साहुको ऋण तिर्न पाए, न त सम्पत्तिनै आफ्नो नाममा रह्यो ।

आफ्नै माहिलो ज्वाइ (लेखनाथ लम्साल)ले दलालसँग मिलेर रेग्मी दम्पत्तिलाई ६४ लाख बुझाउने गरी ७० लाख मुल्यमा घर जग्गा विक्री गरेका थिए । सो बापत पीडित दम्पत्तिले ४ लाख नगद प्राप्त गरेका छन् भने बाँकी ६० लाख प्राप्त गर्न सकेनन् । आफूले प्राप्त गरेको चेक बैंकमा साट्न जाँदा पैसा नभएपछि पटक-पटक आश्वासन दिँदै दलालहरुले म्याद नघाएर बाउन्स गर्न समेत नमिल्ने गरी कानूनी मान्यता नपाउने बनाई ती दम्पत्तिलाई अलपत्र पारेका छन् ।

पीडित दम्पत्तिलाई अलपत्र पार्ने मुख्य योजनाकार बुटवल उपमहानगरपालिका–१२ तामनगरकी माया सुवेदी हुन् । जग्गा खरिद गर्ने कपिलवस्तुका खुम्बज गिरी रहेका छन् । यद्यपी खुम्बजले उक्त जग्गा तेस्रो व्यक्तिलाई विक्रि गरिसकेका छन् । यसरी जग्गा दलालसम्म पुर्याउने व्यक्ति भने पीडित दम्पत्तिकै माइला ज्वाई लेखनाथ हुन् । अर्घाखाँचीको सिमलपानी–९ का लम्साल परिवारसँगै रुपन्देहीमा बस्दै आएका छन् । उनी वैदेशिक रोजगारीको क्रममा नेपालमा भएकी जग्गा दलाल माया सुवेदीसँग फेसबुकको माध्यममा चिनजान भएको बताउँछन् । चिनजानकै आधारमा आफ्ना ससुरालीले घर जग्गा विक्रि गर्न खोजेको कुरा लम्सालले मायालाई सुनाएका थिए । सोही आधारमा लम्साल रोजगारबाट नेपाल फर्केपछि मायासँग मिलेर कपिलवस्तुका खुम्बजलाई ल्याएर रेग्मी दम्पत्तिको घर जग्गा किनबेच गराएका थिए । किनबेचमा मुख्य दलालको रुपमा देखिएकी मायालेनै आफूलाई समेत धोका दिँदा ससुरालीसँगको पारिवारिक सम्बन्ध समेत विग्रिने अवस्थामा पुगेको लेखनाथले गुनासो गरे ।

लम्सालका अनुसार ७० लाखमा घर जग्गा किनबेच भएको कागज बनाइए पनि रेग्मी दम्पत्तिले पाउने रकम भने ६४ लाख मात्रै थियो । अन्य ६ लाख रुपैयाँ दलाल माया सुवेदी र लम्सालले लिने सहमति बनेको थियो । सोही सहमति अनुसार २०७८ मंसिर १५ गते मालपोत कार्यालय भैरहवामा गएर रेग्मी दम्पत्तिले कपिलवस्तुका गिरीलाई जग्गा नामसारी गरिदिए । घर जग्गा बापत पाउनु पर्ने ६४ लाख मध्ये रेग्मी दम्पत्तिले ४ लाख रुपैयाँ नगद बुझे पनि अन्य रकम भने बैंकमा पैसा नै नभएको चेक समाएर घर फर्किए ।

घर जग्गा बापत मनरुपाको नाममा २०७८ माघ १५ गतेको मिति राखी पच्चिस लाखको चेक काटिएको छ भने २०७८ चैत्र १० गतेको मिति राखी २८ लाखको चेक थमाइएको छ । यसैगरी कारोबार भएको मितिभन्दा २ दिनपछि २०७८ मंसिर १७ गतेको मिति राखी १० लाख रुपैयाँको चेक काटिएको छ । मंसिर १७ गतेका लागि काटिएको चेक मध्येबाट रेग्मी दम्पत्तिले ३ लाख रकम प्राप्त गरे । ज्वाई लेखनाथका अनुसार १० लाखको चेक विग्रीएको भन्दै जग्गा खरिद गर्ने व्यक्तिले त्यस बराबरको नगद रकम नै उपलब्ध गराउने बाचा गरेका थिए । सोही अनुसार उक्त चेक बापत ३ लाख र त्यसअघि विभिन्न मितिमा १ लाख गरी रेग्मी दम्पत्तिले ४ लाख नगद प्राप्त गरेका हुन् । रेग्मी दम्पत्तिले २५ लाख, २८ लाख र १० लाखको चेक मध्येबाट ७ लाख गरी ६० लाख रकम पाउन बाँकी रहेको लम्सालले बताए ।

मनरुपा चेक लिएर बैंकमा साट्न जाँदा खातामा पैसा नै नभएको थाहा पाएपछि जग्गा दलाल माया सुवेदी र खरिद गर्ने खुम्बज गिरीले चिन्ता नगर्न आग्रह गर्दै त्यस बापतको नगद रकम नै उपलब्ध गराउने आश्वासन दिएका थिए । यसरी पटक–पटक ताकेता गर्दा पनि पाउनु पर्ने बाँकी रकम हात नपरेपछि रेग्मी दम्पत्तिले चेक बाउन्स गराउने चेतावनी दिँदा जग्गा दलाल माया सुवेदीले त्यसो नगर्न आग्रह गर्दै नगद रकम नै उपलब्ध गराउने आश्वासन दिँदै आएको मनरुपाले बताइन् । कारोबार भएको २ वर्षसम्म पनि हातमा पैसा नपरेपछि रेग्मी दम्पत्ति अहिले न्यायको खोजी गर्दै भौतारिनु परेको हो ।

रेग्मी दम्पत्तिको जग्गा खरिद गर्ने व्यक्ति खुम्बस फोन अफ गरेर सम्पर्क विहिन बनेका छन् । उनले उक्त जग्गा तेस्रो व्यक्ति सिर्जना श्रेष्ठलाई विक्री गरिसकेको मालपोत कार्यालय भैरहवामा रेकर्डमा देखिन्छ । किचनबेचमा मुख्य भूमिका निभाउने माया सुवेदीले समेत प्रतिक्रियाका लागि पटक–पटक फोन गर्दा पनि उठाइनन् ।

रेग्मी दम्पत्तिकी कान्छी छोरी आशा रेग्मीले यसरी दलालले आफ्नो सम्पत्ति खाइदिएपछि पारिवारिक पीडासँगै आफ्नो अध्ययनलाई समेत अघि बढाउन नसकेको गुनासो गरिन् । कक्षा १२ सम्म अध्ययन गरेकी उनले जग्गा बेचेर आएको रकमले साहूको ऋण तिर्ने र बाँकी रकमले घर खर्च र आफ्नो अध्ययनका लागि खर्च गर्ने योजना बनेको थियो । रेग्मी दम्पत्तिको छोराहरु नभएका कारण उमेर पनि ढल्किँदै गएको र भएको सम्पत्ति बेचेर ऋण तिर्ने र छोरीलाई पढाउने सपना दलालले चकनाचुर पारिदिएको छ । ‘केही वर्ष अघि ७३ लाखमा किनेको घर जग्गा साहूको ऋण तिर्न नसक्ने भएपछि घाटा खाएरै भए पनि विक्री गर्ने भनि बुवाले कम मुल्य (६४ लाख) मा विक्री गर्न राजी हुनु भएको थियो ।’–गुनासो गर्दै कान्छी छोरी आशाले भनिन्, ‘दलालले धोका दिँदा हामी थप विचल्लीमा पर्यौं ।’

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य