५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । तिलोत्तमा-१ शंकरनगर बस्दै आएकी ४३ वर्षीया यमकला पन्थीको हत्या आरोपमा ४५ वर्षीय मुमराज पन्थीलाई प्रहरीले नियन्त्रमा लिएको हो ।

Advertisement

गुल्मीको धुर्कोट गाउँपालिका-४ स्थायी घर भई हाल रुपन्देहीको तिलोत्तमामा बस्दै आएकी यमकला भदौं २७ गते विहान घर अगाडि मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले ग्लोबल आवाजलाई बताए । तिलोत्तमाको एक घरको माथिल्लो तलामा डेरा गरि बस्ने यमकला जमिनमै मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनापछि आमाको हत्या भएको भन्दै छोराले बुवा विरुद्ध जाहेरी दर्ता गराएको थापाले बताए ।

प्रहरीका अनुसार प्रारम्भिक रिपोर्टमा यमकलाको शवमा हत्यासम्बन्धी कुनै संकास्पद बस्तु वा सवुत भने भेटिएको छैन । दैनिक ज्यालादारी गरेर बस्ने उक्त दम्पत्ति दुबै जना मापसे गर्ने र समय समयमा झै-झगडा गरिरहने नजिकका आफन्तहरुले बताएका छन् । ‘घरको माथिल्लो तल्लामा बाहिरबाट बनाइएको भर्याङबाट चढ्नु पर्ने भएकाले आफै लडेको जस्तो पनि देखिन्छ ।’-प्रहरी नायव उपरीक्षक थापाले भने, ‘शवको प्रकृति हेर्दा हत्याको त्यस्तो कुनै सवुत वा आधारहरु भेटिएका छैनन्, यद्यपि उनका छोराले हत्या भएको भन्दै जाहेरी दर्ता गराएका छन्। हामी अनुसन्धानमै छौ ।’

उनीहरुका ३ भाइ छोराहरु मध्ये एक भाइ रोजगारका लागि भारत आउजाउ गर्ने र बुवा-आमाबाट अलग्गै बस्दै आएका छन् । यमकलाको हत्या भएको भन्दै उनकी बहिनी तथा माइती पक्षले आरोप लगाएका छन् भने छोराले विहिबार प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।

शवलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । आइतबार थप अनुसन्धानका लागि फरेन्सिक जाँच टोलीबाट रिपोर्ट तयार पारिने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ