ताजा अपडेट »

लुम्बिनीमा एक वर्षमा १२ सय बढिले गरे आत्महत्या

आइतबार, २४ भदौ २०८०, १७ : ५०
46 Shares

गुल्मी । आत्माहत्याका संख्या बढि हुने तीन प्रदेश मध्ये एक लुम्विनी प्रदेश पनि परेको सरकारी तथ्याङकले देखाएको छ । सबै भन्दा बढि आत्माहत्या हुने कोशी प्रदेश पहिलो , गण्डकी प्रदेश दोस्रो र लुम्विनी प्रदेश तेस्रो रहेको तथ्याङकले देखाएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्वाजानिक गरेको तथ्याङक अनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा बढि आत्माहत्या हुने जिल्ला पाल्पा रहेको छ । जनसंख्याको आधारमा अर्घाखाँची दोस्रो र गुल्मी तेस्रो जिल्ला देखिएको छ । यस प्रदेशमा सबै भन्दा कम आत्माहत्या हुने जिल्ला नवलपरासी परेको छ ।

विश्व आत्माहत्या दिवसको अवसरमा जिल्ला समन्व्य समिति गुल्मीको समन्व्यमा जिल्ला प्रहरी कार्यालय र गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र तम्घासले आयोजना गरेको आत्माहत्या न्युनिकरण कार्ययोजना कार्यन्वयन २०८०/०८१ पेश गर्दै जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले बताएका हुन् । प्रहरी प्रधान कार्यालयको अभिलेखलाई उद्धृत गर्दै उनले पेश गरेको प्रतिवेदन अनुसार नेपालमा दैनिक १२ देखि १६ जना अर्थात हरेक दुई घण्टामा एक जनाले आत्माहत्या गर्छन ।

बार्षिक १३ प्रतिशतका दरले आत्माहत्यामा बृद्धि हुँदै आएको छ । हरेक वर्ष देशभर ५ हजार बढिले आत्माहत्या गर्छन । सबै भन्दा बढि कोशी प्रदेशमा आत्माहत्याको संख्या हुने गर्दछ । गत वर्ष त्यस प्रदेशमा १ हजार ५४१ जनाले आत्माहत्या गरे । प्रदेशको कुल संख्याको जुन ०.०३१ प्रतिशत हुन आउँछ । सबै भन्दा बढि आत्माहत्या हुने जिल्ला तेह्रथुम पर्दछ । जहाँ गत वर्ष ३७ जनाले आत्माहत्या गरे । दोस्रो बढि आत्माहत्या हुने प्रदेश गण्डकी बनेको छ । जहाँ गत वर्ष ७१८ जनाले आत्माहत्या गरे । जुन प्रदेशको कुल जनसंख्याको ०.०२९ प्रतिशत हुन आउँछ ।

तेस्रो ठुलो आत्माहत्याको सख्या रहेको प्रदेशमा पर्दछ लुम्बिनी । जहाँ गत वर्ष १ हजार २७२ जना अर्थात कुल जनसंख्याको ०.०२५ प्रतिशतले आत्माहत्या गरे । यस प्रदेशको सबै भन्दा बढि आत्माहत्याको संख्या हुने गरेको जिल्ला बनेको छ, पाल्पा । जहाँ गत वर्ष ८५ जना अर्थात अर्थात ०.०३४ प्रतिशतले आत्माहत्या गरे । दोस्रो ठुलो संख्या भएको जिल्ला हो अर्घाखाँची जहाँ ५९ जना अर्थात ०.०३३ प्रतिशतले आत्माहत्या गरे । तेस्रो बढि संख्या हुने जिल्ला पर्दछ गुल्मी जहाँ ८० जनाले आत्माहत्या गरे । सबै यस प्रदेशमा सबै भन्दा कम नवलपरासीमा ३४ प्रतिशतले आत्माहत्या गरे। सबै भन्दा कम कर्णाली प्रदेशमा हुने गर्छ । गत वर्ष त्यस प्रदेशमा ७१ जना अर्थात ०.०१८ प्रतिशतले आत्माहत्या गरे । देशभर सबै भन्दा कम गत वर्ष जुम्लामा छ जनाले आत्माहत्या गरे भने डोल्पामा यो संख्या शुन्य रह्यो ।

देशभर कोरोना महामारीका २०७६ देखि ०७८ का दुई आर्थिक वर्षहरुमा बढि आत्माहत्याको संख्या बढेको तथ्याङकले देखाएको छ । पछिल्लो पाँच बर्षमा गुल्मीमा पनि आत्माहत्याको ग्राफ सबै भन्दा बढि कोरोना महामारी ताकाकै बढि देखिएको छ । गत वर्ष ८० जनाले आत्माहत्या गरेका थिए । पछिल्लो दुई बर्षमा गुल्मीको इस्मामा सबै भन्दा बढी २० जनाले आत्माहत्या गरेका छ्न । जबकी आर्थिक वर्ष ०७५/०७६ मा ४९ जना र त्यसको दोश्रो वर्ष ७० जनाले आत्मा हत्या गरेका थिए । आर्थिक वर्ष २०७९/०७९ मा ६१ जनाले र ०७९/८० को असार मसान्तसम्म ६९ जनाले आत्माहत्या गरेका थिए ।

पछिल्ला वर्षको तथ्याङक हेर्दा आत्माहत्या गर्नेहरुमा ३६ देखि ४६ वर्ष उमेर समुहका सबै भन्दा बढि २९ जना छन । ६० वर्ष भन्दा बढि उमेर समुहका २२ जना छन । १६ देखि २५ वर्ष उमेर समुहका १९ जना छन । ४६ देखि ६० वर्ष उमेर समुहका पनि १९ जना छन । १५ वर्ष मुनीका १५ जना छन् । गुल्मीको हकमा पछिल्लो दुई वर्षमा सबै भन्दा बढी २० जनाले आत्माहत्या गरेका छ्न् । कालिगण्डकिमा सबै भन्दा कम ४ जनाले आत्माहत्या गरेका छ्न् ।

एसपी प्रधानले आत्माहत्याको कारण बारे पनि सरोकारवालालाई आफ्नो अध्ययन पेश गर्दै आत्माहत्याको कारक दिर्घ रोग, डिप्रेशन, गरिबी, बैदेशिक रोजगारले निम्ताएको पारिवारिक असमझदारी , अबैध सम्बन्ध आदि देखिए पनि असचेतना बढी देखिएको बताए । कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेल्र घरबाटै मन बाडौ भन्ने सन्देश छर्न जरुरी रहेको धारणा राखे । उनले आत्माहत्या गर्नु अघि लेखेको नोट हेरे पछि परिवारका सदस्यले भन्छ्न त्यही कारणले आत्मा हत्या नगेरेको भए हुन्थो , त्यो त सजिलै समाधान हुथ्यो वा म कुनै कुराको अभाव भए पनि पुराई दिन सकिन्थ्यो । यदि त्यही कुरा परिवारका साथिलाई भन्न सकेको भए आखिर आत्माहत्या रोकिने रैछ त । त्यस्तै मुसिकोट नगर प्रमुख जिवलाल खरेलले आत्माहत्या धनी गरिव ठूलो सानो वर्ग छुट्टाउन नसकिने अबस्था रहेको उदाहरण दिए ।

कार्यक्रममा अर्को आयोजक संस्थाका जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख माधव बस्याल र गुल्मी अस्पतालकी नर्सिङ्ग अधिकृत तथा मनो सामाजिक परामर्शदाता संगिता रेग्मीले पनि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । आत्माहत्या बढाउनमा सरकारकी कर्मचारीको पनि भुमिका रहने हुँदा सेवाग्राही सग गम्भीररुपले प्रस्तुत हुन् प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको सुझाव थियो ।

अध्यक्षता गरिरहेका जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्रीले कार्ययोजना हलले पास गरेको घोषणा गर्दै कार्यन्वयनका लागि सबै पक्ष जुटन अपिल गरे। कार्यक्रममा सहभागीलाई आयोजक जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका अध्यक्ष धर्मराज पाण्डे, रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थी , र विभिन्न पालिका प्रमुख उपप्रमुखहरु र अन्य सरोकारवालाले पनि आआफ्ना धारणा राखेका थिए ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार