ताजा अपडेट »

नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी : पालैपालो विद्यर्थी संगठनका ताला, महिनौदेखि अनिर्णयको बन्दी

शनिबार, २३ भदौ २०८०, ०९ : ०६
53 Shares

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय कार्यालय बेलझुण्डी र सेवा आयोगमा विभन्न विद्यार्थी संठनहरुको आन्दोलनले महिनौदेखि ताला भुण्डिएका छ । स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, नेपाल विद्यार्थी संघ लगायतले विभिन्न माग राखेर करिब २ महिना ताला बन्दी भएको थियो । उक्त ताला गत साउन २६ गते खुल्यो । यसैगरी सेवा आयोगमा लागेको ताला पनि दुई महिनापछि गत खोलिएको थियो । तर, ताला खुलेको केही दिनमै दुबै ठाउँमा विभिन्न माग राखेर अखिल (क्रान्तिकारी) दाङले भदौ ४ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

अखिल (क्रान्तिकारी) केन्द्रिय आयुर्वेद विद्यापीठ मूल इकाई कमिटीका अध्यक्ष गणेश पौडेलका अनुसार विश्वविद्यालयमा परीक्षा भइरहेको समयमा नेविसंघले प्रश्नपत्र बाहिरिएपछि तालाबन्दी गरेको थियो । उच्चस्तरीय छानविन गर्न माग गर्दै लगाएको ताला माइन्युटमा लेखेर कार्यान्वयन नभएपछि अखिल (क्रान्तिकारी) दाङले त्यही मुद्दालाई टेकेर अनिश्चितकालीन तालाबन्दी गरेको समेत उनको भनाइ छ । उनले भने, ‘हामीहरूले उच्चस्तरीय छानविनको माग गर्दै प्रश्नपत्र चुहावट भएको भए दोषीलाई कारबाही गर्न माग राख्दै परीक्षा गराउनु पर्ने विषयमा तालाबन्दी गरेका हौँ ।’ यस्तै उनले परीक्षामा जति पनि आवेदन दिन लागेका छन् उनीहरूको आवाजको प्रतिनिधित्व गरेर अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको समेत बताए ।

प्रश्नपत्र बाहिरिएपछि विश्वविद्यालयलाई उच्चस्तरीय छानविन गर्न आग्रह गर्दा गर्दै पनि त्यही प्रश्नपत्रबाट परीक्षा गराउन खोजेपछि सङ्गठनले बाध्य भएर तालाबन्दी गरेको उनको भनाइ छ । तालाबन्दी भएको लामो समयसम्म हुँदा पनि विश्वविद्यालयले आफूहरूको माग सुनुवाइ गर्न ध्यान नदिएको समेत उनले बताए । उनले भने,‘ अहिलेसम्म कुनै पनि उच्चस्तरीय छानविन पनि भएको छैन् । कुनै वार्ता वा छलफल पनि भएको छैन । उच्चस्तरीय छानविन कुलपतिबाट हुनु पर्ने र विश्वविद्यालयमा भएको फोहरलाई सरसफाइ गर्न आवश्यक ठानेको हुँदा तालाबन्दी गरिएको हो ?’

उनका अनुसार विश्वविद्यालय एउटा स्वायत्त संस्था भएको हुँदा विश्वविद्यालयको आफ्नो हक अधिकार हुन्छ । तर, अहिले विश्वविद्यालय माथि प्रश्न चिन्ह उठेको छ । विश्वविद्यालयको सेवा आयोग हुँदाहुँदै पनि अहिले लोक सेवाबाट परीक्षा हुन लाग्दा त्यो विश्वविद्यालयको कमजोरी भएको समेत उल्लेख गरे । उनले भने,‘ यहाँ कुनै न कुनै कमजोरी भएका कारणले नै लोक सेवालाई परीक्षा गर्न जिम्मा दिएको छ । विश्वविद्यालयको सेवा आयोग हुँदा हुँदै निक काठमाडौँ परीक्षा हुँदैछ रु हामीहरूको माग यही परीक्षा हुनु पर्छ, भन्ने पनि हो ।’

यस्तै अखिल (क्रान्तिकारी) नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटी प्रमुख सचिव अभयप्रताप चौबेले हिजोको दिनदेखि नै विश्वविद्यालयमा ताला लाग्ने सृजना आफूहरूले नगरेको बताए । उनले हिजो नेविसंघले तालाबन्दी गर्दा विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको विषयमा छानविन गर्ने भने माइन्युट गरेको हुँदा त्यहाँ कुनै न कुनै गल्ति भएको हुन सक्ने र तर, छानविन नगरेर त्यही प्रश्न पत्रबाट परीक्षा गराउँन खोजेपछि बाध्य भएर तालाबन्दी गरिएको बताए ।

उनले भने, ‘त्यो विषयमा छानविन नगर्ने र उहीबाट परीक्षा गराउन खोज्ने रु बाहिर लोकसेवामा लैजान्छौँ, भनेर सबैलाई भ्रम सृजना गर्ने र यदि भित्र रुपमा भागबन्डा गर्न खोजेको पनि पनि हामीलाई प्रस्ट पार्नु पर्छ । हामीले पनि गलत वा सही उच्चस्तरीय छानविनबाट गरेर प्रस्ट पार्न माग गरेका हौँ ।’ विश्वविद्यालयमा भिसी, रजिष्टार, रेक्टर, सेवा आयोगको अध्यक्ष र सदस्य कुलपतिबाट हुने भएकाले यो विषयको छानविन पनि कुलपतिबाट नै उच्चस्तरीय छानविन समिति गठन हुनु पर्ने आफूहरूको माग रहेको पनि उनको भनाइ छ ।

उनले भने,‘ त्यो छानविन समितिले यस विषयको बारेमा गम्भिर रुपमा सोच्नु पर्छ । विश्वविद्यालयमा तालाबन्दीको बेथिति देखिएको छ । एक बर्षमा ७ महिना ताला लाग्ने अवस्था आएको छ । यस्तो अवस्था आउनुमा कसको गल्ति रहेको छ । यहाँ हरेक विषयमा मुद्दामामिला भइरहेको छ ।’ उनका अनुसार पछिल्लो अवस्थामा शुरुमा अनेरास्ववियुले क्याम्पसमा ताला बन्दी गरेको थियो । स्ववियुबाट केन्द्रिय कार्यालयमा तालाबन्दी लागेको थियो । नेविसङ्घबाट डिन कार्यालय र सेवा आयोगमा तालाबन्दी भएको थियो । तर, अखिल ९क्रान्तिकारी० ले भने विगत ४ वर्ष यता तालाबन्दी नगरेको समेत उनले बताए ।

पछिल्लो ४ वर्षमा आफूहरूले प्रथम पटक बाध्य भएर तालाबन्दी गर्नु परेको समेत उनको भनाइ छ । कुलसचिवले कुलपति वा सभापतिबाट गर्नु पर्ने निर्णय आफ्नो एकलौटी ढंगले निर्णय गरिरहँदा आफूहरूले बाध्य भएर तालाबन्दी गरेको समेत उनले बताए । सेवा आयोगले शुरु शुरुमा परीक्षा रोकिदिने गरेको भएयता पनि अहिले छानविनको कुरा आउँदा निकै आत्तिएर परीक्षा गर्न खोजेको समेत उनले आरोप लगाए ।

उनले भने,‘ केन्द्रिय कार्यालयमा अहिले यस्तो अवस्था रहेको छ । तर, परीक्षा गर्नको लागि काठमाडौँमा तयारी भइरहेको छ । सबैसँग लबिङ वा सेटिङ मिलाएर परीक्षा गर्न खोजेमा विद्यार्थी चुप लागेर बस्दैनन् । त्यसैले हामीहरूले उठाएको माग सम्बोधन गरेर काम अगाडि बढाउन जरुरी छ ।’

पटक पटक खुल्ने र बन्द सेवा आयोगको परीक्षाले गर्दा परीक्षार्थी समस्यामा परेको गुनासो गरेका छन् । तुलसीपुर उपमहानगरपालिका १९ का गोकर्ण पौडेलले विश्वविद्यालयमा हुने पटक पटक तालाबन्दीका कारण परीक्षा खर्च हुँदा खर्च मात्र हुने गरेको उनको भनाइ छ । उनले भने, ‘सेवा आयोगले पटक पटक सूचना निकाल्छ । त्यसैको तयारीका लागि हामीहरू काठमाडौँ जान्छौँ । अब परीक्षा होला, भन्ने लागेको हुन्छ । तर, फेरि परीक्षा स्थगित हुन्छ । यसरी हामीहरूको धेरै खर्च भएको छ । समय मै परीक्षा नहुँदा म जस्ता धेरै परीक्षार्थीहरूले समस्या पारेको छ ।’

सुमन केसी
लेखकको बारेमा
सुमन केसी