६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीले दर खाने कार्यक्रमसहित शुक्रबार ‘सुपर प्यारेन्ट्स तीज डान्स-८०’ सम्पन्न गरेको छ । प्रतियोगितामा प्ले ग्रुपदेखि कक्षा १२ सम्मका विद्यार्थी र अभिभावकहरु बीच तीज गीतमा नृत्यु प्रतिस्पर्धा भएको हो ।

Advertisement

विभिन्न कक्षाका २७ जना विद्यार्थीले आफ्ना अभिभावकसहित नृत्यु प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न विधा अन्तरगत उत्कृष्ट बन्न सफल विद्यर्थी तथा अभिभावकलाई एक विशेष समारोहको आयोजना गरी पुरस्कार तथा सम्मान गरिने विद्यालयले जनाएको छ । कार्यक्रमको अवसरमा विद्यार्थीहरुले १४ वटा सामूहिक तथा एकल नृत्यु प्रस्तुत गरेका थिए । यसैगरी निर्णायको रुपमा भूमिका उपस्थित राष्ट्रिय कलाकारहरु दिपक कार्की र चेतना थापाले आफ्नो प्रस्तुतीबाट मनोरञ्जन प्रदान गरेका थिए ।

विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकसहित करिब ५ सय जनाको उपस्थितीमा दरखाने कार्यक्रम समेत सम्पन्न भएको छ । सो अवसरमा बोल्दै विद्यालयका निर्देशक डिल्ली नारायण पाण्डेले बालबालिकाहरुलाई औपचारिक शिक्षासँगै हाम्रा कला सँस्कृति र परम्पराबा रोज जानकारी गराउनका लागि अतिरिक्त गतिविधि सञ्चालन गर्ने गरिएको उल्लेख गरे । विद्यार्थी किताबी ज्ञानमात्र नभई जीवनमा आवश्यक सीप, नैतिक तथा सामाजिक व्यवहारका बारेमा पनि जानकारी गराउने गरी एकेडेमीले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उनले बताए ।

ब्रिटिस एजुकेशन ग्रुपका स्कूल हेड अरुण कंडेलको अध्यक्षता तथा एकेडेमीका सह प्राचार्य लिलामणी पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको एकेडेमीका संस्थापक प्राचार्य राजेन्द्र कुंवरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ