ताजा अपडेट »

६० किलो सुन तस्करीको आरोपमा बारावाट थप एक पक्राउ

शुक्रबार, २२ भदौ २०८०, १० : ०९
108 Shares
शुक्रबार, २२ भदौ २०८०
108 Shares

बारा । सुन तस्करी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  

६० केजी सुुन तस्करी प्रकरण अनुसन्धानका क्रममा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष शिवकुमार सरार्फ पक्राउ परेका हुन । 

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार राति बारास्थित उनको निवासबाट पक्राउ गरेको हो । 

प्रहरी प्रवक्ता डीआईजी कुँवेर कडायतका अनुसार ६० केजी सुन तस्करी प्रकरणमा अनुसन्धान गर्दै जाँदा उनी पनि संलग्न रहेको देखिए पछि थप अनुसन्धान गर्नका लागि उनलाई पक्राउ गरिएको हो । 

बाराका अध्यक्ष पक्राउ परेसँगै  सो ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या अहिलेसम्म २८ पुगेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।