१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

काठमाडौँ । कोशी प्रदेश सरकारको वैधानिकताको मुद्दा हेरिरहेको सर्वोच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ ।

Advertisement

न्यायाधीश सपना मल्ल प्रधान, डा। कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबार रिट निवेदकहरुको तर्फबाट बहस भएको थियो। आज प्रतिवादीहरुको तर्फबाट बहस हुनेछ ।

यसैबीच सर्वोच्च अदालतले मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत लिएको दिनको भिडियो फुटेज हेर्ने भएको छ। प्रदेश सभामा सांसदहरुले मतदान गरिसकेपछि मत सच्याउन सभाध्यक्ष इस्राइल मन्सुरीले तीन मिनेटको समय दिएका थिए ।

४ भदौमा कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत सच्याउने समयमा अर्का सदस्य गीता तिमिल्सिनालाई बैठकको अध्यक्षता गर्न लगाएर मतदान गरेका थिए ।

थापाले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मुद्दाको अन्तिम किनारा नलागेसम्म दिर्घकालीन प्रक्रितीको कुनैपनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेका थिए। भने न्यायाधीशद्धय सुष्मलता माथेमा र सपना प्रधान मल्लको संयुक्त इजलासले रिट पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप ‘उमेर भिन्नता’को कारण थाइल्यान्डमा बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या ! तिलोत्तमाको औद्यागिक व्यापार मेलामा ९ करोडको कारोबार, ५ दिन म्याद थप नमस्ते एकेडेमीमा विज्ञान प्रर्दशनी मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु