Nov 30, 2023
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ राहत लिएर मुस्ताङको कागबेनी पुगेका छन्। कागबेनीमा बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि राहत वितरणको लागि गृहमन्त्री श्रेष्ठ मुस्ताङ पुगेका हुन् ।
गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो। कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्याएको थियो ।
प्रतिकृया दिनुहोस्