१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

काठमाडौं । सभामुख देवराज घिमिरेसँग अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले भेट गरेका छन् ।

Advertisement

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदान प्रदानका विषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

उनका अनुसार भेटमा सभामुख घिमिरेले संयुक्त राज्य अमेरिका नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सन् १९४७ मा नेपालले अमेरिकासँग दौत्य सम्बन्ध स्थापना भए पश्चात नेपाल र अमेरिकाको सम्बन्ध सुमधुर रहेको बताए ।

सभामुख घिमिरेले उच्च स्तरीय भेटघाटको आदानप्रदानले दुई देश बीचको सम्बन्ध र बुझाईलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

‘नेपालको विकास प्रक्रियामा संयुक्त राज्य अमेरिकाको सहयोग महत्वपूर्ण रहेको छ,’ उनले भने, ‘नेपालको आर्थिक सामाजिक विकासका लागि संयुक्त राज्य अमेरिकाले पुर्‍याउँदै आएको सहयोगमा आएको गुणात्मक एवम् परिमाणात्मक अभिवृद्धिले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त छु ।’

लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता हामी दुई मुलुकहरुबीच रहेको साझा मूल्य मान्यताहरु भएको बताउँदै सभामुख घिमिरेले नेपाल लोकतन्त्र संस्थागत गर्ने यात्रामा अगाडि बढेको उल्लेख गरे । लोकतन्त्रको सबलीकरणका लागि बलियो आर्थिक आधार आवश्यक रहेको सभामुख घिमिरेको भनाइ थियो ।

सभामुख घिमिरेले नेपाल र संयुक्त राज्य अमेरिकाका संसदीय प्रतिनिधिमण्डलबीचको भ्रमणको आदानप्रदानबाट दुई देशको संसदीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे । उनले जलवायु परिवर्तनले गर्दा नेपालका हिमालहरु पग्लिरहेको बताउँदै अमेरिकाले जलवायु परिवर्तनबाट उत्पन्न समस्याको न्यूनीकरणका लागि भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

भेटमा सिनेटर होलेनले नेपालमा गतिशील प्रजातन्त्रको जन्म भएको बताउँदै यस प्रक्रियामा भूमिका खेल्ने नेपालका राजनीतिक दललाई धन्यवाद व्यक्त गरे । ‘हामी दुई देशका संसदमात्रै जनता–जनतामा सम्बन्ध स्थापित गर्न चाहन्छौं,’ उनले भने ।

नेपालमा एमसीसी कार्यान्वयन सुरु भएलगत्तै आफ्नो भ्रमण भएको बताउँदै सिनेटर होलेनले एमसीसीबाट नेपालले फाइदा लिने धारणा राखे । ‘एमसीसी दुई देशबीचको सम्बन्ध र सहकार्यको उदाहरण हो,’ उनले भने, ‘हामी एमसीसी अन्तर्गतका परियोजना सफल भएको हेर्न चाहन्छौं ।’

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने