१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

राजविराज(सप्तरी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सङ्घीयताको पक्षमा रहेको बताएका छन् ।

Advertisement

सप्तरीको राजविराजमा शनिबार पत्रकारसँग कुराकानी गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक परिवर्तनको सूचकका रुपमा रहेको क्षेत्रमा भइरहेको बेथितिको अन्त्य हुनुपर्ने बताए ।

देशमा भइरहेको भ्रष्टाचार अन्त्य गर्न निरन्तर लागिपर्ने बताउँदै सभापति लामिछानेले भ्रष्टाचार विरुद्ध केही राम्रा काम भइरहेको उल्लेख गरे । भ्रष्टाचार अभियोग लागेका सत्तारुढ दलका नेता कार्यकर्तालाई संरक्षण गर्न छलछाम सामसुम गरिरहेको भन्दै रास्वपा प्रतिपक्षमा रहेर थप जिम्मेवारीका साथ काम गर्ने उनले बताए ।

सभापति लामिछानेले भने, “हाम्रो पार्टी वर्तमान शासन व्यवस्था विरोधी होइन, हामीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट मुख्यमन्त्री बनाउनुपर्छ भन्दा प्रादेशिक संरचना व्यवस्थाको विरोधी होकी भन्ने लागेको हुनसक्छ तर यस्तो होइन म स्पष्ट पार्न चाहन्छु ।”

आमनागरिक व्यवस्थासँग जोडिएको छ कि छैन भन्ने कुराको खोजी गर्न जरुरी रहेको उल्लेख गर्दै उनले प्रादेशिक संरचना राजनीतिक भर्ती केन्द्र नभई नागरिकलाई सेवा दिने खालको बन्नुपर्ने बताए। सभापति लामिछानेले आफ्नो पार्टी निमुखा जनताको अधिकारको लागि अगाडि बढेर काम गर्ने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ