१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

काठमाडौँ । नेपालका लागि दक्षिण कोरियाका राजदूत ताय–योङ पार्कले नेपालको पर्यटन क्षेत्रको विकासका लागि आफूहरु तयार रहेको बताएका छन् ।

Advertisement

कोरियन टुर एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान)को आयोजना तथा दक्षिण कोरियाली राजदूतावासको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा कोरियाली पर्यटकको खानपिन, सुरक्षा र उद्दारसम्बन्धी आज यहाँ आयोजित एक दिवसीय तालिमका अवसरमा उनले नेपालमा कोरियाबाट पर्यटक ल्याउनका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

“आउँदा दिनमा नेपाल आउने कोरियन पर्यटकहरुको सङ्ख्या अझै बढ्ने विश्वास लिएको छु। नेपालको पर्यटन क्षेत्रको विकास तथा कोरियन पर्यटक भित्रयाउनका लागि सहकार्य र सहयोग गर्न तयार छौँ”, उनले भने । सन् २०२४ नेपाल कोरिया दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्दै छ ।

कोरियामा बिदाको समयमा साना–साना पहाड तिर पदयात्रामा जाने चलन बढ्दो रहेको भन्दै राजदूत पार्कले भने, “नेपालमा पदयात्राका लागि पदमार्गहरु धेरै भएकाले पनि कोरियन पर्यटकहरु नेपालमा बढ्ने विश्वास लिएको छु।” यसका लागि कोटानसँग सहकार्य र सहयोग रहने उनको भनाइ छ ।

कोटानका अध्यक्ष अमरबहादुर शाहीले सङ्घमा आबद्ध ट्राभल र ट्रेकिङ कम्पनीका कर्मचारीलाई कोरियन पर्यटकहरुलाई कसरी स्वस्थकर खानपिनको व्यवस्था गर्ने र पदयात्रामा जाँदा हुनसक्ने सम्भावित समस्यालाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा तालिमको आयोजना गरिएको जानकारी दिए ।

“नेपालको पर्यटकको प्रमुख स्रोत मुलुकमध्ये दक्षिण कोरिया पनि एक हो, उक्त देशबाट आउने पर्यटकहरुलाई स्तरीय सेवा दिनका लागि पनि यो तालिम गर्न आवश्यक थियो”, उनले भने ।

कोरियन पर्यटकलाई नेपालमा सेवा दिन नेपालस्थित ट्रेकिङ एण्ड ट्राभल कम्पनीमा कार्यरत गाइड, कुक र सहायक गाइड गरी एकसयभन्दा बढी तालिममा सहभागी छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

बालकृष्ण खाणलाई रिहा गर्नेबारे न्यायाधीशको राय बाझियो पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्न आदेश नक्कली भुटानी प्रकरणः टोपबहादुर रायमाझी थुनामा नै रहने विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर