ताजा अपडेट »

कोशी सरकारविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

शुक्रबार, १५ भदौ २०८०, १४ : २३
48 Shares
शुक्रबार, १५ भदौ २०८०
48 Shares

काठमाडौं  । सर्वाेच्च अदालतमा दायर कोशी प्रदेश सरकारविरुद्ध मुद्दाको शुक्रबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । 

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा उक्त रिटको सुनुवाइ परेको थियो । तर, न्यायाधीश खतिवडाले प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेकाले शुक्रबारको सुनुवाइ हेर्न नमिल्ने बताएपछि सुनुवाइ स्थगित भएको हो ।  

यही ४  भदौमा प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा बैठकको अध्यक्षता गरेकाको मत लिनु गैरसंवैधानिक हुने दाबीसहित एमालेका हिक्कमत कार्कीले सर्वाेच्चमा रिट दिएका हुन् ।

७ भदौमा उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै  खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।