ताजा अपडेट »

कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’मा

शुक्रबार, १५ भदौ २०८०, १२ : ३३
18 Shares
शुक्रबार, १५ भदौ २०८०
18 Shares

काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत सम्बन्धी सर्वोच्च अदालतमा दायर रिट हेर्न नमिल्नेमा परेको छ ।

पूर्ण सुनुवाइका लागि शुक्रबार सर्वोच्चका न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेकाको संयुक्त इजलासमा पेसी तोकिएको थियो। आज पनि खतिवडासहितकै इजलासमा पेसी तोकिएपछि उक्त रिट निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो ।

मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोेच्चमा रिट दर्ता गराएका थिए। विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको हो ।

उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीध ईश्वरप्रसाद खतिवडाले कारणदेखाउ आदेश जारी गरेका थिए। भदौ ७ गते दिएको अन्तरिम आदेशपछि इजलासबाट भदौ १५ गतेका लागि पेसी तोकिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।