१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

पर्सा । पर्सामा हत्या भएको अवस्थामा एक युवतीको शव फेला परेको छ। शरीर र टाउको अलग गरिएको अवस्थामा दुई दिनअघि नै फेला परेको करिब २० वर्षीया युवतीको शवको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement

जिराभवानी गाउँपालिका ४ स्थित वीरगञ्ज ठोरी हुलाकी सडकखण्डमा पर्ने स्मृति खोलामा मंगलबार साँझ टाउको काटिएको अवस्थामा युवतीको शव फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए। शव भेटिएको ठाउँ एकान्त जंगल क्षेत्रमा पर्छ। शव भेटिएको ठाउँभन्दा केही पर प्रहरीले शवको टाउको पनि फेला पारेको थियो।

‘शव र घटनास्थलको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरेर युवतीको हत्या भएको देखिन्छ,’ एसपी शाहले भने, ‘सडिसकेको अवस्थामा फेला परेको कारण शवको सनाखतको लागि समस्या भइरहेको छ।’ शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौं पठाइने एसपी शाहले बताए। ‘यहाँ पोष्टमार्टको लागि राम्रो प्रविधि नभएको कारण टिचिङ अस्पताल पठाउने तयारी हुँदैछ,’ एसपी शाहले भने।

खोलामा टाउकोबिनाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले सुरुमा टाउको बिनाको शव फेला पारेको थियो। पछि खोजी गर्ने क्रममा शव भेटिएको केही पर टाउको पनि फेला परेको थियो। हाल शव पोष्टमार्टमको लागि नारायणी अस्पतालको शव गृहमा राखिएको छ।

शव पहिचान भएपछि मात्रै घटनाको अनुसन्धान गर्न सहज हुने भएकाले कोही युवती हराइरहेका भए शवसँग हुलिया मिल्ने युवतीका आफन्तलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने