ताजा अपडेट »

नेपाली क्रिकेट टोली भारतसँग खेल्न श्रीलङ्का पुग्यो

विहीबार, १४ भदौ २०८०, १२ : २८
56 Shares

कामाडौं । एसिया कप-२०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो ।

पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकिलो अंकले पराजित भएको थियो । नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ । दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।