१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बुटवल । नेपाल एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । यो नेपालको ओडिआई इतिहासको सबैभन्दा खराब हार हो ।

Advertisement

जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २३.३ ओभरमा १ सय ४ रनमा अल आउट भयो । नेपालका सोमपाल कामीले ४६ बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । सोमपाल हरिस रौफलको बलमा एज लागेर विकेटकिपर मोहम्मद रिजवानबाट उत्कृष्ट क्याच आउटको शिकार हुन पुगे ।

चौथो विकेटका लागि आरिफ शेख र सोमपाल कामीले ७८ बलमा ५९ रनको साझेदारी गरेका थिए । हरिस रौफको बलमा आरिफ क्लिन बोल्ड आउट भए । आरिफले ३८ बलमा ५ चौकासहित २६ रन बनाए । सोमपाल र आरिफ बाहेक अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालको यो ओडिआईमा रनको हिसाबमा सबैभन्दा ठूलो फराकिलो अन्तरको हार हो । यसअघि वेस्टइन्डिजविरुद्ध १ सय १ रनले हार्न पुगेको थियो ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरमै दुई विकेट लिएका थिए । नेपालका ओपनर कुशल भुर्तेलले शाहिन शाह अफ्रिदीलाई सुरुवाती दुई बलमा चौका प्रहार गर्दै सुरुवात गरेका थिए । तर लेग साइडको पाँचौं बलमा एज लागेर विकेटकिपर मोहम्मद रिजवानबाट ९ रनमा क्याच आउट भए ।

लगत्तै अर्को बलमा रोहित पौडेल गोल्डेन डक आउट भए । नसिम शाहको दोस्रो ओभरको चौथो बलमा आसिफ शेख एज लागेर स्लिपमा इफ्तिखर अहमदबाट पाँच रनमा क्याच आउट भए ।
नेपालका गुलशन झा १३, दीपेन्द्रसिंह ऐरी ३, कुशल मल्ल ६, सन्दीप लामिछाने र ललित डक आउट भए । करण ७ रनमा नट आउट रहे ।

पाकिस्तानका शादब खानले ६.४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । शाहिन शाह अफ्रिदीले ५ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । हरिस रौफले दुई, नसिम शाह र मोहम्मद नवाजले एक एक विकेट लिए ।

त्यसअघि मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो । यो नेपालविरुद्ध कुनैपनि टोलीले ओडिआईमा बनाएको उच्च योगफल हो । दुई महिना अघि वेस्टइन्डिजले विश्वकप छनोटमा बनाएको ३ सय ३९ रन यसअघि उच्च थियो ।

पाकिस्तानका कप्तान बाबर आजमले १ सय ३१ बलमा १४ चौका र ४ छक्कासहित १ सय ५१ रनको सानदार शतकीय इनिङ खेले । विश्व ओडिआई वरियताका बाबरले ब्यक्तिगत ५५ रनमा जीवनदान पाएका थिए । त्यसको भरपूर्ण सदुपयोग गरे ।

बाबरको ओडिआईमा उच्च प्रदर्शन २०२१ मा इंग्ल्यान्डविरुद्ध १ सय ५८ रनको शतकीय इनिङ थियो । बाबर ब्यक्तिगत ५५ रनमा जीवनदान पाएका थिए । २९ औं ओभरको पाँचौं बलमा बाबरलाई करणले कट एण्ड बोल्ड आउट गर्ने अवसर चुकाएका थिए ।

फिनिसर इफ्तिखार अहमद ७१ बलमा ११ चौका र ४ छक्कासहित १ सय ९ रनमा अविजित इनिङ खेले । इफ्तिखार अहमदले ६७ बलमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हाने । पाँचौं विकेटका लागि अहमद र बाबरले १ सय ३१ बलमा २ सय १४ रनको सानदार दोहोरो शतकीय साझेदारी गरपछि कमजोर सुरुवातका बाबजुद विशाल योगफल बनाएको थियो ।

एक समय ६.१ ओभरमा २५–२ को अवस्थामा पुगेको पाकिस्तानलाई तेस्रो विकेटका लागि रिजवान र बाबरले ८६ रनको साझेदारी गरेका थिए । विकेटकिपर मोहम्मद रिजवान २४ औं ओभरको चौथो बलमा ५० बलमा ६ चौकासहित ४४ रनमा रन आउट भए । दीपेन्द्रको डाइरेक्ट थ्रो बलमा रिजवान नन स्टाइकमा अप्रत्याशित रुपमा रन आउट हुँदै पेभेलिएन फर्केका थिए ।

नेपालले सुरुवात राम्रो गरेपनि त्यसलाई निरन्तरता दिन सकेन । तीव्र गतिका बलर करण केसीले छैटौं ओभरको तेस्रो बलमा ओपनर फखार जमानलाई विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच गराएका थिए । सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा अर्का ओपनर इमाम उल हकलाई ५ रनमा रन आउट गरेका थिए ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चेर १ विकेट लिए । करण केसीले ९ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ८५ रन खर्चेर २ विकेट लिए । सोमपाल नेपालबाट एकै ओडिआई खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । यसअघि सोमपाल र करणले समान ८१ रन खर्चिएका थिए ।

नेपालले अन्तिम १० ओभरमा १ सय २९ रन खर्चिदा २ विकेट लिएको थियो । डेथ ओभरमा पुन एक पटक खराब प्रदर्शन गर्न पुग्यो । नेपालले भदौं १८ मा भारतसँग खेल्नेछ । सुपर फोरमा स्थान बनाउन उक्त खेलमा जितसँगै अन्य नतिजामा निर्भर हुनुपर्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप ‘उमेर भिन्नता’को कारण थाइल्यान्डमा बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या ! तिलोत्तमाको औद्यागिक व्यापार मेलामा ९ करोडको कारोबार, ५ दिन म्याद थप नमस्ते एकेडेमीमा विज्ञान प्रर्दशनी मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु