१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा तत्कालीन सरकारले जनतालाई ढाँटेको आरोप लगाएका छन् ।

Advertisement

अध्यक्ष ओलीले अमेरिकी सहयोग कार्यक्रम एमसीसी सम्झौताका विषयमा संसदले पासा गरेको १२ बुँदे व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताएका छन् ।

उनले तत्कालीन सत्तापक्षले जनता झुक्याउन व्याख्यात्मक घोषणा पास गरे पनि एमसीसीले त्यसलाई नमान्ने उनले बताए। यद्यपि एमसीसी नेपालको संसदले अनुमोदन गरेका हुनाले कार्यान्वयनमा जाने ओलीले बताए ।

अध्यक्ष ओलीले भने, ‘तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो र प्रभाव पारेर पास गराउने गलत बाटो लिनुभयो। पहिला नै पास गर्दा ठीक हुन्छ ? हुँदैन भनेर छलफल गर्नु पर्थ्यो । तर उहाँहरूले केही गर्नु भएन ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री तथा मन्त्रीको नाम भने लिएनन्। एमसीसी सांसदबाट पास गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री थिए। १२ बुँदे घोषणा नै झुटको खेती भएको समेत उनको आरोप रहेको छ ।

१२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंग हुन्छ भनेर तत्कालीन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले संसदमा झुट बोलेको ओलीले बताए ।

‘संसदले अनुमोदन गरेको कुरा कार्यान्वयनमा जान्छ’, ओलीले भने, ‘त्यो १२ बुँदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो उहाँहरुले (सत्तापक्षले) नेपाली जनतालाई दिएको धोका मात्रै हो, त्यो धोकाको एउटा प्रमाण हो ।’

ओलीले एमसीसीबारे वर्तमन प्रधानमन्त्री प्रचण्डले पनि केही सोध्न जरुरी नभएको भन्दै सबै कुरा प्रष्ट भइसकेको बताए। ‘हिजो मात्रै प्रधानमन्त्रीले म सोध्छु भन्नुभएछ। सोध्नु किन पर्‍यो ? उहिले नै एमसीसीले जवाफ दिएको छ। उहिले नै भनेको छ यो सम्झौता हो। योभन्दा आरोप  केही पनि हुँदैन। कसका के कति बुँदे घोषणा हामीलाई कुनै सरकार छैन। हामी जान्दैनौं उसैबेला भनेको छ। उहाँले सोध्ने पनि होइन,’ ओलीले भने  ।

एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणमा लागि मंगलबार नेपाल आइपुगेका छन्। उनी नेपाल आएकै दिन प्रधानमन्त्री प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको टिप्पणी बनाउने कि नबनाउने भनेर एमसीसीका अधिकारीसँग सोध्ने बताएका थिए। यद्यपि नेपालस्थित अमेरिकी दूतावासले मंगलबार नै विज्ञप्ति जारी गरेर व्याख्यात्मक घोषणा स्वीकार्ने बताइसकेको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ