ताजा अपडेट »

गुल्मी अस्पतालमा बालिका मृत्यु प्रकरण : अज्ञात विज्ञप्तीले आफन्त थप आक्रोसित, २ जना घाइते

मंगलबार, १२ भदौ २०८०, २३ : २७
30 Shares

गुल्मी । जिल्ला अस्पताल गुल्मीमा बालिका मृत्यु प्रकरणमा एक अज्ञात विज्ञप्तीले अवस्था थप तनावपूर्ण बन्दा २ जना घाइते भएका छन् । छानबिनको माग गर्दै गरिएको बिरोध प्रदर्शनका क्रममा टायर जलाउँदा दुई जना जलेर घाइते भएका हुन् । पीडितहरुको आन्दोलनपछि सेवा ठप्प पार्ने अस्पताल प्रशासन तथा विभिन्न व्यक्तिसहितको हस्ताक्षरसहित सार्वजनिक विज्ञप्तीले आक्रोसित भएको भिडले टायर बाल्ने क्रममा दुई जना जलेर घाइते भएका हुन् । यद्यपी उक्त विज्ञप्ती आधिकारिक नभएको अस्पताल प्रशासनले विज्ञप्ती जारी गर्दै स्पष्टीकरण दिएको छ ।

अर्घाखाचीको छत्रदेव गाउँपालिका–७ काउले निवासी राजेश मरासिनीकी ७ वर्षिया छोरी प्रशंसा मरासिनीको माङ्ग्लबार बिहान उपचारको क्रममा मृत्यु भएको थियो । उनको मृत्यु नर्स र डाक्टरको लापरबाहीबाट भएको भन्दै मँगलबार दिनभर आफन्तहरुले विरोध प्रदर्शन गरेका थिए । सोही क्रममा साझ करिव ६ बजेको समयमा टायर बालेर बिरोध जनाउने क्रममा छर्कीएको पेट्रोल दुई ब्यक्तिको शरिरमा पर्न गई उनिहरु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा रेसुङ्गा नगरपालिका–६ का लक्षमण पाण्डे र वडा नम्बर–७ का कृष्ण पौडेल रहेका छन् । उनिहरुलाई उपचारका लागि पाल्पा पठाइएको छ । बालिका मृत्यु बारे छानबिन समिती गठन भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा ५ सदस्यीय छानवीन समिती गठन भएको हो ।

मँगलबार दिनैभर मृतकका आफन्त र सरोकारवाला बीच भएको छ्लफलमा मृत्युको सत्यतथ्य छानविन गरिने सहमती भएको छ । यसैगरी प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसिको नेतृत्वमा पोष्टमार्टम रिपोर्ट तयार परिने भएको छ । अस्पतालमा सेवाग्राहीले उठाएको बेथितीका विषयमा निगरानी हुने र आफ्नो संयोजकत्वमा गठित समितिले मृत्यु घटनामा नर्स र डाक्टरहरुको लापरबाही भए नभएको निष्पक्ष छानविन हुने सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताएका छन् ।

कसले जारी गर्यो त्यो विज्ञप्ती ?

घटनापछि मँगलबार साँझ गुल्मी अस्पतालको लेटर प्याडमा धेरै जना मानिसको हस्ताक्षर रहेको विज्ञप्ती जारी भयो । जसमा अस्पतालका मेडिकल सुपेरिटेन्डेन डाक्टर राजेन्द्रबहादुर क्षेत्रीमाथि आन्दोलनकारीले हातपात गरेको भन्दै आकस्मिक बाहेकका अन्य सेवा बन्न गर्ने लेखिएको थियो । उक्त विज्ञप्तीले नै आन्दोलनरत मृतकका आफन्त थप आक्रोसित बनेका थिए ।

उक्त घटनापछि जिल्ला प्रशासनले अस्पताल बिकास समिति र डाक्टरलाई बोलाएर स्पष्टीकरण मागेको थियो । घटनापछि सहायक सहायक प्रमुख जिल्ला अधिकारी गैरेले भने उप्त विज्ञप्ती अस्पतालको आधिकारीक विज्ञप्ती नभएको स्पष्टीकरणसहित विज्ञप्ती जारी जारेका छन् । यद्यपी अस्पतालको सरकारी लेटर प्याड प्रयोग प्रयोग गरी यसअघि निकालिएको विज्ञप्तीका बारेमा धेरैले प्रश्न गरेका छन ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार