ताजा अपडेट »

आश्रितको अर्थ चिन्तन

मंगलबार, १२ भदौ २०८०, ०८ : ३३
40 Shares

नेपाल कृषिमा आश्रित अर्थतन्त्र भएको मुलुक हो । यसकारण कृषि र यसमा श्रम गरिरहेका मानिसहरुको जीवनस्तर माथि उकास्न सकिएमा मात्रै मुलुकको परिचय बदलिन्छ । यसप्रकार आर्थिक विचार बोकेका एक नेपाली कम्युनिस्ट नेता जीवराज मुलुकको आर्थिक वृद्धि र विकासका लागि रैथाने कृषिको आधुनिकीकरण गरिनु पर्ने तर्क पेस गरिरहँदा मौलिक पहिचान गुमाउन नहुनेमा अडिग थिए । बहुदलीय राज्य व्यवस्था, बहुलवादी समाज, कानूनी राज्य, मौलिक तथा मानव अधिकारको ग्यारेन्टी, सामन्ती भू-स्वामित्वको अन्त्य, जसको जोत–उसको पोत, एकाधिकार पूँजीको समाप्ती, राष्ट्रिय पूँजीको विकास र विस्तार तथा सोको आधार निमार्ण, जनवादी र सर्वसुलभ शिक्षा तथा आधारभूत स्वास्थ्य सेवाको विकास गर्दै जनतालाई देशको वास्तविक मालिक बनाउने र समाजवादमा प्रवेशका लागी आवश्यक पूर्वाधार तयार गर्ने कुराहरुमा हाम्रा साङ्गठनिक कार्ययोजनाहरु तथा कार्यकर्ताहरु निमार्ण गरिनु पर्ने विचारका प्रतिपादक कामरेड जीवराज आश्रित एक सामान्य परिवारको परिवर्तनशील नागरिक थिए ।

जनताको जीवनस्तरमा आमुल परिवर्तन ल्याउनका लागि कम्युनिस्ट पार्टीका कार्यक्रमहरु सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि स्थापना गर्नेमा केन्द्रित हुनु पर्नेमा जोड दिनु आवश्यक छ । श्रमिक र मालिकहरुको बीचमा कुनै पनि प्रकारको दूरी कायम गर्ने प्रयास गरिएमा त्यसप्रकारको आर्थिक विकासमा जनताले अपनत्व महशुस नगर्ने र ती आर्थिक गतिविधिहरु गुणात्मक र दीर्घकालिन नहुनेमा उनको खास आर्थिक अवधारणा हो । हरेक विकास निमार्णका कार्यमा नागरिकहरुको सहभागिता अनिवार्य छ । यसलाई हामीले अभ्यासमा लैजान सकेमा नेपाली मौलिक समाजवादी आर्थिक प्रणाली स्थापित गर्न हामी नेपाली सफल हुनेमा उनको विश्वास थियो । आर्थिक विकासका लागि संगठन निमार्ण तथा विस्तार गर्ने क्रममा बालबालिका र महिलाहरुको दुरुपयोग हुन नहुने उनका विचार छन् ।

आधुनिक युगमा बाँच्न चाहिने आधारभूत आवश्यकतामा जनताको पहुँच जसरी छ । पहुँचमा मात्र सीमित नभएर जीवनलाई अग्रगामी ढङ्गले अगाडि बढाउने क्षमता र दक्षता जनस्तरमा निर्माण गर्नु राज्यको अभिभारा हो । आश्रितका अर्थ चिन्तन अनुसार समतामूलक आर्थिक वृद्धिदर र जनताका उन्नत जीवन स्तर नै आज उच्च र क्षमतामूलक राष्ट्रिय आय लक्ष्यको समाजको वर्गहीन समाजको निर्माण हो । उनको सिद्धान्त उच्च र समतामूलक राष्ट्रिय आयको सिद्धान्त हो ।आर्थिक उदारीकरणका बारेमा उनका विचारहरु जसलाई हामी जबरजस्त उठाएका छौ । विश्व अर्थराजनीतिमा जटिलता कसरी कुन कारणले उत्पन्न भएको छ भन्ने विषयमा उनले राजनीति पाटिका सग्ठनलाई मानेका छन । समृद्धिको यात्रामा हाम्रा जनसंग्ठन र तिनका नेताकै व्यवहार र दैनिकीमा मुख्य समस्या छ । अंक गणितको शुत्रमा मापन गरिने वृद्धिदरले आम नागरिकका लागि आर्थिक समृद्धिका आभारहरु निर्माण गर्दैन ।

आश्रित भोको पेट र नाङ्गो आङ रहँदासम्म अन्य उपलब्धिलाई साक्षी राखेर प्रगतिको व्याख्या गर्न सकिँदैन भन्थे । उनी सर्वसुलभ पूर्वाधारको पहुँच र तिनीहरूको अन्तरसम्बन्धका विषयमा मौलिक धारणा राख्दथे । आज हामीले देखेको समृद्ध नेपाल र सुखी नेपालीको सपनाभन्दा अझ पृथक् र उच्चतम सोच र विचार उनका छन् । उनी कुनै पूर्वाधार निर्माणमा मात्र सीमित थिएनन् । त्यसमा तल्लीन श्रमजीवीहरूको भूमिका पनि महत्त्वपूर्ण मान्दथे । यो माक्र्सवादी द्वन्द्वात्मक दृष्टिकोण हो । सुशासन भ्रष्टाचाररहित राज्यसत्ता नै सबल राष्ट्रनिर्माणका आधार हुन् भन्ने कुरामा उनी अडिग रहेका थिए ।

अर्थतन्त्रका मुख्य क्षेत्रहरुको अन्तर सम्बन्धका आधारमा विकेन्द्रिकृत योजना प्रणाालीको विकास, जनश्रमको अधिकतम उपयोग, स्थानीय अर्थतन्त्रको प्रबद्र्धनमा साना साना उत्पादकहरुको पहुँच बढाउने, भूमिहीन साना किसानहरुको व्यापक सहभागितामा आधारभूत ग्रामीण संस्थाहरु निर्माण गरी स्थानीय सहभागितामा आधारित विकासको प्रकृया अघि बढाउने, भूमिहीन र साना किसानलाई सुलभ ऋण, सीप र प्रविधि उपलव्ध गराउने तथा सुकुम्वासी समस्याको स्थायी समाधान गर्ने जस्ता विषय कम्युनिस्ट पार्टीका आर्थिक मुद्दा बनाउनु पर्छ । दुई शत्तिशाली छिमेकीहरुले विकासका लागि अपनाएका मोडलहरुलाई नेपाली माटो अनुसार रुपान्तरीत गरि अगाडि बढाउन सकिने हुँदा यसका लागि पनि वैदेशिक नीति समन्यवकारी तथा सन्तुलित बनाउनु पर्ने उनको मत रहेको बुझिन्छ । सामाजिक एवं र्आिथक रुपान्तरणका एजेण्डा तत्कालीन विद्यमान संरचना भित्र अधिकतम प्रगतिशील कर लगानुमा उनको मुख्य ध्यान छ ।

सामन्ती र साम्राज्यवादी दमन, अत्याचार र शोषणलाई समाप्त पार्दै जनताको श्रम, सीप र प्रतिभालाई विकास निर्माणमा परिचालन गर्ने तथा प्राकृतिक साधन स्रोतलाई देशको हितमा प्रयोग गर्ने प्रगतिशील विकासको दिशाबाट समृद्ध नेपालको आकांक्षा पूरा गर्न सकिने कुरा उनको निष्कर्ष थियो । अन्तरराष्ट्रिय मुलुकहरु तथा विदेशी दातृ निकायहरुबाट आर्थिक सहयोग ऋण वा अनुदानका रुपमा लिदा वा स्वीकार गर्दा मुलुक र जनतालाई केन्द्रमा राखेर कुनै पनि प्रकारको राष्ट्र, राष्ट्रियताका सबालमा हस्तक्षेप वा चुनौति नहुने गरी लिनु पर्ने कुरा जबजमा समेत स्पष्ट छ । जसमा उल्लेख गरिए अनुसार ‘वर्तमान विश्वमा अविकशित पछौटे देशहरुमात्र नभएर विकासशील र विकसित देशहरु समेत अन्तराष्ट्रिय लगानी, वित्त, व्यापार, ऋण तथा अन्य आर्थिक सम्बन्ध, सहयोग, र सम्पर्क बिना काम गर्न सक्दैनन । त्यसैले हामीले वैदेशिक पूँजी, प्रविधि र व्यायसायिक सम्वन्धका बारेमा नीतिगत रुपमा ढोका बन्द गर्नु हुंदैन ।

तर विदेशी पूँजी र प्रविधिलाई देशको हित अनुकुल परिचालन गर्नुपर्ने कुरामा ध्यान केन्द्रिकृत गरेको पाईन्छ । विश्वको समाजवादी आन्दोलनका हरेक देशका आआफ्नै विशिष्ट पहिचान रहेका बताउँदै सामान्य सैद्धान्तिक अवधारणाका आधारमा मात्र समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने हुँदा नेपालले मौलिक प्रकारको क्रान्तिको बाटो अपनाउनु पर्ने र यसका लागि सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र सामाज्यवादका शोषण र उत्पीडन सम्पूर्ण अवशेषहरुलाई कानूनसम्मत ढंगले निर्मूल गर्नु समाजवाद निमार्णको शर्तको रुपमा जवजले भूमिका खेल्नेछ । जसका लागि आम कम्युनिस्ट पाटिका नेतामा वैचारिक विचलन आउन सक्ने तर्फ कार्यकताले विशेष निगरानी राख्नु पर्दछ भन्ने पक्षलाई उनले व्याख्या गरेको पाईन्छ ।

यी विचारहरु आज पनि हाम्रा लागि समाजवादतर्पmको यात्रामा कोषेढुंगााकै रुपमा रहेका छन । अहिले हामी एकातिर प्रतिस्पर्धी राजनीति, खुला समाज, खुला व्यापार, निजी क्षेत्रको बाहुल्यता भएको अर्थतन्त्र, बाह्य सहायतामा आधारित सार्वजनिक वित्त स्थिति, उच्च लगानीका लागि बाह्य पूँजी लगानी माथिको निर्भरता तथा अर्थतन्त्रमा सार्वजनिक क्षेत्रको कमजोर अवस्थितिका विचमा छौं ।

उच्च आर्थिक वृद्धि, सामाजिक न्यायसहितको विकास र समृद्धिको बाटोवाट छिटो भन्दा छिटो समाजवाद तर्पm प्रवेश गर्नुपर्ने ऐतिहासिक जिम्मेवारीमा छौं । सामन्तवादको प्रतिकको रुपमा रहेको राजतन्त्र सत्ता च्युत गरिए पनि कतिपय सामाजिक विभेद र शोषणका अवशेषहरु उन्मूलनको चरणमा नै छन । जसले गर्दा सामाजिक न्यायमा आधारित, समतामूलक समाज निर्माणको यात्रामा आर्थिक समृद्धिको साथमा सामाजिक समृद्धिलाई पनि साथसाथै अगाडि बढाउन आवश्यक छ । मुलुकी संहिता कार्यान्वयन, संविधानमा उल्लेखित मौलिक हकको पूर्ण कार्यान्वयन, प्रतिस्पर्धा र समाजप्रति जिम्मेवार सहकारीता र उत्पादमा निजी र सरकारी क्षेत्रको सहभागिता, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सामाजिक सेवामा राज्यको बलियो उपस्थिती, आर्थिक पूर्वाधारको विकास, सामाजिक संरक्षण र सुरक्षामा राज्यको उत्तरदायी भूमिका, सामाजिक न्यायमा आधारित वितरण प्रणाली, उत्पादनका साधनमा बहुसंख्यक जनताको पहुँच, राष्ट्रिय उद्योगको विकास र राष्ट्रिय पूँजी निर्माणमा मानविय शंसाधनको उचित व्यवस्थापन एवंम् न्यायपूर्ण उत्पादन सम्बन्धबाट समाजवादतर्पm अगाडी बढनु नेपाली अर्थराजनीतिको आवश्यकता रहेको कुरा उनका विचारमा भेटाउन सकिन्छ ।

कुनै देशले आफ्नो श्रमशत्तिलाई आफ्नै मुलुकमा श्रमका लागि व्यवस्थापन गर्न नसकेमा त्यो परिस्थितीको असर भावी पुस्तामा समेत पर्ने भएकोले प्रयाप्त मात्रामा आन्तरिक रोजगारीका अवसरहरु सिर्जना गर्न राज्य चुक्न नहुनेमा बताई रहनु भएको पाईन्छ । वर्तमान समयलाई सुक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने आज भन्दा ३५ वर्ष अगाडि उनले गरेको प्रक्षेपण वास्तविकतामा परिणत भएको छ । युवालाई क्षमता विकासका लागि विश्वका जुनसुकै देशमा पुग्न दिनु पर्दछ र सिकेको सिपलाई स्वदेशमा नै प्रयोग गर्ने वातावरण सिर्जना गर्न सकिएन भने नेपालीको भविष्य उज्यालो बन्दैन भन्ने आर्थिक विचार उनमा थियो ।

मुलुकलाई सहि गतिमा हिडाउनका लागि शाशकहरु मितव्ययी बन्नु पर्ने तथा विश्वमा अभ्यासमा आएका हरेक सामाजिक आर्थिक विचारका सकारात्मक र नकारात्मक पक्षका बारेमा अध्ययन अनुसन्धान गर्न सक्नु पर्नेमा उनको धारणा छ । अफसोच वर्तमान समयमा उनको योगदान र विचारलाई भजाएर जीवन चलाएकाहरुमा समेत पठनीय व्यवहार र अभ्यास छैन । जसका कारण वर्तमान समयमा राजनीति समाजसेवा नभई पेसा बनेको छ ।

हुमराज भुसाल
लेखकको बारेमा
हुमराज भुसाल