ताजा अपडेट »

पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृती ग्रन्थ प्रकाशित

सोमबार, ११ भदौ २०८०, २० : ०९
72 Shares

बुटवल । मोफसलका पुराना पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ प्रकाशित भएको छ । उनको गत भदौ १ गते काठमाडौंमा निधन भएको हो । उक्त स्मृती पुस्तिकामा ५२ जना उनका समकालीन, सहकर्मी, पत्रकार, साथीभाई, ईष्टमित्र, परिवारका सदस्यहरूले आफ्ना भावनाहरू, अनुभूतिहरू र श्रद्धान्जली लेखहरु लेखेका छन् ।

बागलुङमा जन्मे–हुर्केका डिल्लीप्रसाद आचार्य मनले उदार, बचनले नरम, व्यवहारले समाजसेवी, पेशाले प्रशासक र पत्रकार अनि भोगाइले यायावर थिए । पश्चिमाञ्चलमा खोज पत्रकारिताको अभ्यास गरेका आचार्यको कालापानी–लिपुलेकवारेको आधा शताब्दी अघिको रिपोर्टिङ अनि भगवान बुद्धको मावली र ससुराली-‘देवदह’ प्रतीको देन विर्सन नसकिने छन् ।

आजीवन ‘सादा जीवन, उच्च विचार’ दर्शनबाट प्रेरित उनका आत्म-संंस्मरणहरुको संगालो पुस्तक ‘झझल्काहरु’ प्रकाशित छ । दुवै पुस्तकहरू बुलबुल प्रकाशनले प्रकाशित गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।