१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । ब्रिटिस कलेज काठमाडौको म्यानेजमेन्टमा सञ्चालित नमस्ते एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थीको समूह नेपाली र चाइनिज ज्ञान, सीप, कला र संस्कृति आदान प्रदान गर्ने उद्देश्यले चाइना प्रस्थान गरेका छन् ।

Advertisement

संसारकै दोश्रो ठूलो जनसंख्या र आर्थिक विकाश गरेको संसारकै ख्याति प्राप्त बेस्टन इन्टरनेशनल चाइना क्याम्पस, सिजोजाङको निमन्त्रणा तथा विद्यार्थी एक्सचेन्ज कार्यक्रम अन्तर्गत कक्षा १० मा अध्ययनरत नौजना विद्यार्थी सह प्राचार्य लिलामणि पाण्डेको नेतृत्वमा चीन प्रस्थान गरेका हुन् । एक हप्ते चाइना बसाइमा विद्यार्थीले चाइनाको राजधानी बेजिङ , स्पेस म्युजिएम , झेन्डिङ टुर, सिजोजाङमा रहेका औद्योगिक ग्रामको अध्ययन अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको विद्यालयका प्राचार्य जिग्मे शेर्पाले जानकारी दिए।

चीन बसाइको अवसरमा विद्यार्थीले सिजोजाङमा रहेका स्कुल क्याम्पसको पठन पाठनको विधि सिक्ने, चाइनिज भाषा सिक्ने, त्यहाँका कला, संस्कृतिको अध्ययन गर्ने, चाइनाको आर्थिक र भौतिक प्रगति अवलोकन गर्नुका साथै नेपाली शिक्षा, कला, संस्कृतिका बारेमा ब्रिफिङ गर्नुका साथै त्यहाँका विभिन्न स्कुल क्याम्पसमा शैक्षिक अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए।

चाइना भ्रमणको तयारीका लागि तिन महिना अगाडि बेस्टर्न इन्टरनेसनल स्कुल चाइना क्याम्पसबाट विद्यालयका प्रिन्सिपल लगायतको समूहले नमस्ते एकेडेमीको भ्रमण गरे । भ्रमणको पूर्व सन्ध्यामा चाइनाबाट आउनु भएका विद्यार्थी लिउ रु ननले दुई हप्ता नमस्ते एकेडेमीमा बसी भ्रमण दल र अन्य सम्पूर्ण विद्यार्थीलाई चाइनाको समग्र अवस्थाका बारेमा ज्ञान र अनुभव शेयर गर्नुका साथै नेपाली विद्यार्थीले चाइना भ्रमणका क्रममा पालना गर्नु पर्ने आचार संहिता, त्यहाँको हावापानी, भाषा र चाइनाले कसरी शिक्षालाई श्रम र रोजगारीसित जोडेको छ भन्ने विषय सिकाएका थिए ।

विद्यालयका सह प्राचार्यको नेतृत्वमा कक्षा १० का विद्यार्थी आकृति कँडेल, अभिलाषा शेरचन, स्वीकृति पंगेनी, तमन्ना भण्डारी, गृष्मा बन्जाडे, तृशु अग्रहरी, दिलाशा खरेल, नसिब भुसाल, रिएस थापा चाइना प्रस्थान गर्न लागेका छन् । मोफसलमा पहिलो पटक विदेशी विद्यालयमा विद्यार्थी एक्सचेन्ज गर्न लागेको एकेडेमीका विद्यार्थी आगामी वर्ष जापान र क्यानडाको शैक्षिक कार्यक्रममा सहभागी हुनेछन ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता