१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

धादिङ। काठमाडौँबाट म्याग्दीको बेनी जाँदै गरेको अवस्थामा बुधबार त्रिशुली नदीमा बस खसेर भएको दुर्घटनामा परी ज्यान गुमाउने आठै जनाको सनाखत भएको छ ।

Advertisement

धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार आज बिहानसम्म सबै मृतकहरूको सनाखत भएको हो ।

मृतकहरूमा म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका-८ का २० वर्षीय शुसिल रम्तेल र १६ वर्षीय सबिन रम्तेल, पर्वतको जलजला गाउँपालिका-६ का ४२ वर्षीय राधिका सापकोटा र पर्वतको धौलागिरी गाउँपालिका-५ का ७२ वर्षीय टेक बहादुर छन्त्याल छन् ।

बुधबार बिहान काठमाडौँबाट वेनी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ चालिसेछहरामा सडकबाट त्रिशुली नदीमा खसेको थियो ।

चालक र सहचालक गरी बसमा २५ जना सवार थिए । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर भएको जनाइएको छ।  उनीहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट