ताजा अपडेट »

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

विहीबार, ०७ भदौ २०८०, ०७ : ४१
60 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दैछ । मङ्गलबारबाट सुरू भएको बैठकमा आज पनि बाँकी केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् । बैठक बिहान ८ बजे बस्नेछ ।

हिजोको बैठकमा ८१ जनाले आ-आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम नसकिएपछि बैठक आज पनि नियमित हुन लागेको हो ।

केन्द्रीय सदस्यहरूले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिँदैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।