ताजा अपडेट »

एसएलसी पास भएको ३७ वर्षपछि ३.५० जीपिए ल्याएर १२ पास भएका रिटार्यड आर्मीको अधिवक्ता बन्ने धोको

मंगलबार, ०५ भदौ २०८०, १० : ५३
30 Shares

बुटवल । ५५ वर्षीय हरि बहादुर खत्री रिटार्यड भारतीय आर्मी हुन् । वि.स. २०२५ सालमा गुल्मीको शान्तिपुर गाविस वार्ड नम्बर ३ मा जन्मिएका खत्रीले २०४२ सालमा स्थानीय उदय माध्यमिक विद्यालयबाट सेकेन्ड डिभिजनमा एसएलसी पास गरे ।

एसएलसी पास भएसँगै २०४३ सालमा भारतीय आर्मीमा भर्ती भएँ । पढ्ने मन हुँदा हुँदै पनि उनी पारिवारिक स्थितीका कारण भारतीय आर्मी हुने निधो गरेको बताउँछन् । ‘एसएलसी पास भएपछि पढ्ने मन धेरै नै थियो । तर, घरको अवस्थाका कारण भारतीय आर्मीमा भर्ती हुने सोँच आयो । त्यसपछि भारतीय आर्मीमा भर्ना हुन गएँ । पहिलो पटक नै सफल भएँ ।’– उनले भने ।

भारतीय आर्मीमा सिपाईमा भर्ना भएका उनी सुबेदार मेजर अनरी क्याप्टेन पदमा रहँदा २०७५ सालमा रिटार्यड भएँ। त्यस पछि नवलपरासी जिल्लाको सुनवल नगरपालिकामा ७ मा आफ्नो रिटार्यड जीवन विताइरहेका उनले पढाईलाई उमेरले छेक्दैन भने जस्तै एसएलसी पास गरेको ३७ वर्ष पछि वि.स. २०७८ सालमा रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा कानुन संकायमा कक्षा ११ मा भर्ना भएँ । ‘बुबाले सिकाएर मैले ५/६ मा पढ्दादेखि नै तमसुक लेख्ने गर्थे । तमसुक लेख्न जाने पनि कानुनी कुराहरु थाहा नभएकाले आफुले कानुन पढ्न लागेको हुँ । छोराले शान्ति माविमा कानुनको पढाई हुन्छ भने पछि त्यहाँ भर्ना भएको थिएँ’– उनले भने ।

एसएसलीमा सेकेन्ड डिभिजनमा पास भएका उनले कक्षा १२ को नतिजा भने ३.५० जिपिए ल्याएर उर्तिण भएँ । ‘३७ वर्ष अघि एसएलसीमा सेकेन्ड डिभिजिन ल्याएर पास भएको थिएँ । अहिले कक्षा १२ को परीक्षामा ३.५० जिपिए ल्याएर पास भएँ।’– उनले भने ‘कक्षा ११ मा धेरै वर्ष पछि अध्ययन गरेको भएकाले होला त्यत्ति राम्रो नम्बर आएन् । त्यसपछि पनि म हार मानिन् निरन्तर रुपमा महेन्त गरि नै रहे।’ सुरुमा आफु कक्षा ११ मा भर्ना भएर पढ्न जाँदा भने कही असहज महशुस भएको उनी बताउँछन् ।

‘सुरुमा केही दिन त धेरै नै असहज भयो । आफु भन्दा धेरै साना छोरा नाती उमेरकासँग पढ्दा । पछि पछि त मलाई केही असहज लागेन् । ’–उनले भने । कक्षा ११ र १२ मा अध्ययन गर्दा आफु दैनिक रुपमा नै कलासमा जाने गरेको उनले बताए । ‘म विशेष काम हुँदा बाहेक अन्य दिन त दैनिक रुपमा नै क्लासमा जाने गर्थे ।’– उनले भने म कक्षा ११ र १२ मा ९५ प्रतिशत भन्दा धेरै कलासमा एटेन्ड भएँ ।’

उनले भारतीय सेनाबाट अवकाश पाएपछि लेखापढी व्यवसायीको प्रमाणपत्र २०७७ सालमा प्राप्त गरे । ‘लेखापढी व्यवसायीको प्रमाणपत्रका लागि ८०० जनाले आवेदन दिएका थिए । त्यस मध्ये मैले ५२ नम्बरमा नाम निकालेको थिएँ ।’–उनले भने । अब विएएलएलबी अध्ययन गर्ने सोचमा रहेको उनी बताउँछन् । ‘अब म बुटवलमा कक्षा ११ र १२ मा जस्तै दैनिक रुपमा क्लासमा गएर नै नै विएएलएलबी अध्ययन गर्ने सोँच बनाएको छु ।’– उनले भने ।

खत्री भारतीय आर्मी हुँदा नै उनको परिवार गुल्मीबाट नवलपरासी जिल्लाको सुनवल नगरपालिका वार्ड ७ मा २०६० सालमा उनको परिवार बसाई सरेका थिएँ । उनका २ छोरा र एक श्रीमति छन् । उनका एक छोरा शिक्षण पेशा र अर्को छोरा बैदेशिक रोजगारी रहेका छन् ।

बुटवलमा शिक्षण पेशा गरीरहेका उनका जेठा छोरा ओमबहादुर खत्रीले बुबाले यो उमेरमा पनि राम्रो नम्बर ल्याएर उत्तिर्ण हुँदा धेरै खुसि लागेको बताउँछन् ।‘बुबाले यो उमेरमा पनि पढ्ने इच्छा गरेर यत्ति राम्रो नम्बर ल्याएर पास हुँदा हामी धेरै खुशि भएका छौँ । म आफै पनि शिक्षण पेशामा रहेकाले बुबाको इच्छा पुरा गराउन सकेसम्मको सहयोग गर्छु ।’–उनले भने ।

अधिवक्ता बन्ने धोको
आफ्नो अबको लक्ष्य र उद्धेश्य भनेको अधिवक्ता भएर निःशुल्क रुपमा समाजको सेवा र कानुनी पैरवी गर्ने रहेको खत्री बताउँछन् ।

‘मेरो मुख्य लक्ष्य भनेको अधिवक्ता बन्ने रहेको छ । म अधिवक्ता व्यसायीक रुपमा काम गर्नका लागि नभएर निःशुल्क रुपमा सेवा प्रदान गर्नका लागि हो ।’– उनले भने । मेहन्त गर्दा गर्दै कदमकथाचित आफ्नो लक्ष्य पुरा नभएमा पनि आफु अबको बाँकी जीवन समाज सेवामा बिताउने बताउँछन् ।

‘म आफ्नो लक्ष्य पुरा हुनेमा त विश्वस्त नै छु । यदि कुनै कारणले मेरो अधिवक्ता भएर सेवा गर्न नसके पनि म अब मेरो बाँकी जीवन समाजसेवामा नै बेतित गर्छु ।’– उनले भने ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।