ताजा अपडेट »

फूल खेतीमा रमाएका लोकेन्द्र : मासिक लाख बढी आम्दानी

मंगलबार, ०५ भदौ २०८०, ०६ : ०९
2 Shares

दाङ । दाङको घोराही उपमहानगरपालिका १४ मा लोकेन्द्र रोका मगरले ७ वर्षसम्म कतारमा सडक सजाउने काम गरे । रोल्पा सुनछहरी-७ जेलवाङ उनी ९ वर्षयता दाङको घोराहीमा फूलखेती गर्दै आएका छन् । घोराही उपमहानगरपालिका–१४ लोहासुर र वडा१७ नम्बर को सुनडवरीमा पुष्पखेती गर्दै आएका लोकेन्द्रले फूलाएका बिभिन्न प्रजातिका फूलसँगै फूलका विरुवाहरु विक्री गरेर मासिक लाख बढी आम्दानी गर्दै आएका छन् । अन्य जिल्लाबाट फूल आयात गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यसहित २०७१ सालमा १ कट्ठा जग्गाबाट उनले फूलखेती सुरु गरेका हुन् । हाल दुई विगाह बढी क्षेत्रमा व्यवसाय गर्दै आएको उनी बताउँछन् ।

सफल फूलखेती व्यवसायीका रुपमा परिचित लोकेन्द्रले भन्छन्, ‘लामो समय विदेश बसेर फर्किएपछि स्वदेशमै केही नयाँ व्यवसाय के गर्ने सोच बनाए तर हातमा कुनै सीप थिएन । त्यही भएर पहिलो वर्ष १ कट्ठा जमिन भाडामा लिएर सयपत्री फूल खेती सुरु गरेको थिए । पहिलो वर्षमै राम्रो आम्दानी भएपछि फूल व्यवसायलाई बढाउँदै यहाँसम्म आइपुगेको छु, अहिले राम्रै भइरहेको छ ।’

जलजला पुष्प खेतीका नाममा व्यवसायीक फम दर्ता गरी पूmल खेती गर्दै आएका लोकेन्द्रले १ सय ५० प्रजातिका फूलखेती गर्दै आएको बताए । उनले भने ‘फूलको उत्पादन, बजार र मुनाफा राम्रो हुने भएपछि व्यवसायलाई बढाउँदै लगेको छु । अहिले घोराहीमा हुने प्राय कार्यक्रमहरुसँगै घर,अफिस मठमन्दिर, पार्कलगायतका ठाउँहरुमा पूmलसँगै विरुवाहरु जाने भएकाले राम्रै आम्दानी भइरहेको छ ।’

जिल्लामा हुने विवाह, उत्सवदेखि राजनीतिक दलका सभासमारोहका लागि आवश्यक पर्ने फूल पु¥याउँदा विक्रीमा समस्या नभएको उनको बताए । उनले भने ‘पूmलसँगै विरुवाहरुको जिल्लामा राम्रो विक्री हुने गरेको छ । कहिलेकाही जिल्लाबाहिरबाट पनि विरुवाहरु किन्नका लागि आउने गर्नुहुन्छ ।’ उनका अनुसार नर्सरीमा विरुवाहरु लिन दैनिक २५ देखि ३५ जनासम्म मानिसहरु आउने गरेको बताए । नर्सरीबाट न्यूनतम ३५ रुपैयादेखि १७ सय मुल्य पर्ने विभिन्न १ सय ५० जातका फूलका बिरुवाहरु उत्पादन र बिक्री गर्दै आएका छन् ।

जिल्लामा अन्य समयभन्दा तिहारको समयमा सयपत्री फूलको माग बढी हुने गरेको उनले बताए । त्यसैलाई मध्यनजर गरेर लोकेन्द्रले करिव डेढ विगाह क्षेत्रफलमा कर्मा त्रिपल फाइभ, कलकतियाजातका सयपत्री फूलको खेती समेत गर्दै आएका छन् । आफ्नै गाँउठाँउमा केही गर्छु भन्ने परिश्रमीका लागि थोरै लगानीबाट पनि व्यवसाय गर्न र राम्रो आम्दानी लिन सकिन्छ भन्दै लोकेन्द्रले भने ‘विदेशमा काम सडक कालोपत्रे गर्ने भएपनि कमाई राम्रै थियो । अर्काको ठाउँमा काम गर्नुभन्दा आफ्नै ठाउँमा केही गरौ भनेर नयाँ व्यवसाय गर्दा राम्रो आम्दानीसँगै विदेशको कमाइलाई विर्साउने काम गरेको छ ।’

विदेशबाट फर्किएर उद्यम जोडिनुभएका लोकेन्द्रले घोराही उपमहानगरपालिका, कृषि ज्ञान केन्द्र दाङ र लुम्बिनी प्रदेश सरकारबाट ३ पटक गरेर करिव ७ लाख रुपैयाँ अनुदान समेत प्राप्त गरेको बताए । विदेशको बसाइलाई छोडेर फुलखेती गरेका लोकेन्द्रले पूmलखेतीका लागि भाडामा ल्याएका जग्गाको बार्षिक ९० हजार भाडा तिर्ने गरेका छन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी