ताजा अपडेट »

नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध, रातीदेखिनै खुलाउने प्रयास जारी

मंगलबार, ०५ भदौ २०८०, ०४ : २१
14 Shares

बुटवल । नारायणगढ-मुग्लिन सडक सोमबार साझदेखि  पहिरोले अवरुद्ध भएको छ ।  इच्छाकामना गाउँपालिका-६ स्थित नाम्सी पुल नजिक गएको ठूलो पहिरो हटाउन समय लाग्ने बताइएको छ । सोमवार साझ ८ बजे पहिरो खसेको थियो ।

पहिरो खस्दा साथ तयारी अवस्थामा राखिएको डिभिजन सडक कार्यालयको एक्साभेटर पुगेको थियो । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । यात्रा गर्दा बैकल्पिक सडक प्रयोग गर्न विभागले अनुरोध गरेको छ ।

‘पहिरोको मात्रा र हालको अवस्था हेर्दा अन्दाजी १० घण्टा जति समयमा सडक आवागमन सुचारु हुन सक्ने भएकाले यात्रुहरुलाई सोहि बमोजिम आफ्नो यात्रा तय गर्नु हुन सादर अनुरोध छ ।’–सडक विभागले सोमबार साँझ आफ्नो वेवसाइडमा लेखेको थियो । सडकको माथिल्लो भागबाट लगातार ढुङ्गा सहितको पहिरो खसिरहेकाले सडक खुलाउने कार्यमा असहजता आएको उसले बताएको छ । नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोका कारण पटक पटक अबरुद्ध हुँदै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।