ताजा अपडेट »

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन

सोमबार, ०४ भदौ २०८०, १४ : २२
44 Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिको संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ ।

आज बसेको बैठकले संसदीय सुनुवाइपछि श्रेष्ठको नाम अनुमोदन गरेको हो । उनले संसदीय सुनुवाइ समितिसमक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजनासहित धारणा व्यक्त गरेका थिए ।

समितिको सिफारिस पुगेसँगै अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीशको शपथ खुवाइएपछि प्रधानन्यायाधीशका रूपमा श्रेष्ठले सर्वोच्च अदालतमा पद बहाली गर्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।