ताजा अपडेट »

शिवशिखर र सार्थक सहकारी पीडितहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलमा सम्पर्क गर्न आग्रह

सोमबार, ०४ भदौ २०८०, १० : ३९
18 Shares

बुटवल । बचतकर्ताको रकम हिनामिना गरेपछि बन्द रहेको बुटवलको योगिकुटीमा अवस्थित शिव शिखर सहकारी र तिलोत्तमाको मणिग्राममा अवस्थित सार्थक बहुउद्देश्यीय सहकारीका पीडितहरुलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । सहकारीको बारेमा अनुसन्धान अघि बढेका कारण पीडितहरुले रकम जम्मा गरेको प्रमाणसहित ईलाका प्रहरी कार्यालय बुटवलमा सम्पर्क गर्न आग्रह गरिएको हो ।

तिलोत्तमा नगरपालिका–५ मणिग्राममा रहेको दर्ता नं. ४६/०७८/०७९ को सार्थक बहु उद्देश्यीय सहकारी संस्था र भक्तपुर जिल्ला ठिमि नगरपालिका अन्तर्गत कौशलटार मुख्य कार्यलय रही रुपन्देहीको बुटवल उप महानगरपालिका–१० योगिकुटीमा शाखा कार्यालय रहेको दर्ता नं. ५८८/०६९/०७० को शिव शिखर बहु उद्देश्यीय सहकारी संस्था बारे प्रहरीले अनुसन्धान अघि बढाएको हो । थप अनुसन्धानका लागि रकम जम्मा गरेका सेयर धनि तथा बचत कर्ताहरुको वचत रकम तथा सेयर सहकारीहरुले फिर्ता नदिई ठगी गरेको सम्बन्धमा अनुसन्धान भई रहेको जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।