२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो ३ वर्षमा सवारी दुर्घटना परी एक हजार ५३६ जनाको मृत्यु भएको छ भने ३ हजार ५ जना गम्भीर घाइते भएका छन् । प्रदेशमाका १२ वटा जिल्लामा तीन वर्षको तीन हजार २६७ सवारी दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

Advertisement

आर्थिक वर्ष ०७७/७८ मा १ हजार २११ सवारी दुर्घटनामा परी ५२३ जनाको मृत्यु भएको छ । सोही वर्ष १०८३ गम्भीर घाइते भएका थिए भने साधारण घाइते ७४० जना भएको प्रहरीको तथ्याङ्क छ ।

त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा ११६४ सवारी दुर्घटना भएका थिए, त्यसमा ५५१ जनाको मृत्यु जनाको मृत्यु भएको थियो । १ हजार १२३ जना गम्भीर घाइते भएकोमा साधारण घाइते ५९७ जना थिए ।

पछिल्लो आर्थिक वर्ष ०७९/८० मा दुई आर्थिक वर्षको भन्दा सवारी दुर्घटनाको संख्या घटेको देखिन्छ । उक्त आर्थिक वर्षमा ८९२ सवारी दुर्घटना हुँदा ४६२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७९९ जना गम्भीर घाइते र ४७७ जना सामान्य घाइते भएका छन्

पहरीको तथ्याङ्क अनुसार पछिल्ला आर्थिक वर्षमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा केही कमि आएको छ । पछिल्ला वर्ष सवारीबाट दुर्घटना घट्नुमा विभिन्न कारणमध्ये प्रहरीको सचेतना र कारवाही पनि प्रमुख कारण रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रवक्ता डीएसपी होम थापाले बताए ।

कुन जिल्ला कतिले गुमाए ज्यान?
लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य सबै भन्दा धेरै रुपन्देहीमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पछिल्लो ३ वर्षको अवधिमा रुपन्देहीमा २६९ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । यहाँ आर्थिक वर्ष २०७७/७८ मा १२९, २०७८/७९ मा ३१ जना, २०७९/८० मा १९० जना गरी २६९ जानको मृत्यु भएको छ ।

यस्तै नवलपरासी पश्च्मिमा पछिल्लो ३ वर्षमा १२८ जना, कपिलवस्तुमा १७९ जना, पाल्पामा ११० जना, गुल्मीमा ९४, अर्घाखाँचीमा ६७, दाङमा १७५ जनाले ज्यान गुमाएका छन् । यस्तै बाँकेमा १८९, बर्दियामा ११२, प्यूठानमा १०३, रोल्पामा ८० र रुकुम पश्च्मिमा ४३ जनाले ज्यान गुमाएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रवक्ता डीएसपी होम थापाले बताए।

साढे ७ लाख सवारी कारवाहीमा
लुम्बिनी प्रदेशमा पछिल्लो ३ वर्षमा मात्रै ट्राफिक नियम उल्लघंन गर्ने साढे ७ लाख सवारी कारवाहीमा परेका छन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रवक्ता थापाका अनुसार पछिल्लो ३ वर्षमा ट्राफिक नियम उल्घंन गर्ने ७ लाख ५२ हजार १७१ सवारीलाई कारवाही परेका हुन् ।

आर्थिक वर्ष २०७७/७८ मा १ लाख ७० हजार ९२७, २०७८/७९ मा २ लाख ८४ हजार ८९९ र २०७९/८० मा २ लाख ९६ हजार ३४५ सवारी कारवाहीमा परेको उनले बताए । यस्तै तीन वर्षमा ट्राफिक नियम विपरीत सवारी चलाउनेलाई कारवाही गरी ४३ करोड २१ हजार राजस्व सङ्कलन भएको प्रवक्ता थापाले बताए ।

आर्थिक वर्ष ०७७/७८ मा दश करोड ६१ लाख ८ हजार ५ सय, ०७८÷७९ मा २०करोड ८९लाख ५ हजार र २०७९/८० मा २१ करोड ७१ लाख ७४ हजार पाँच सय राजश्व सङ्कलन गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै