१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन, २०७५ को भाग ४ को दफा १५ ले गर्भवती महिलाको अवस्थाअनुसार १२ हप्तादेखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्था भएसँगै सुरक्षित गर्भपतन गराउने बढ्दै गइरहेको छ ।

Advertisement

लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा १८ हजार ३ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेशका १२ जिल्लामा गरी १८ हजार ३ जनाले गर्भपतन गराएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ लुम्बिनी प्रदेशमा १८ हजार ४१५ जनाले सुरक्षित गर्भपतन गराएको थिए ।

सुुरक्षित गर्भपतन गराउने मध्य १६ हजार ९५२ जना २० वर्ष भन्दा माथि उमेर समूहका महिला र १ हजार ५१ जना २० वर्ष भन्दा कम उमेरका किशोरीहरु रहेका छन् । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका सुचना अधिकारी डोरबहादुर बस्नेतका अनुसार १२ हजार ७३२ जनाको मेडिकल विधिबाट सुरक्षित गर्भपतन गराइएको बताए । जसमा १२ हजार ५१ जना २० वर्ष भन्दा बढी उमेर समूहका महिला र ६८१ जना २० वर्ष भन्दा कम उमेरका किशोरीहरु रहेका छन् ।

५ हजार २७१ जनाको सर्जिकल विधिबाट सुरक्षित रुपमा गर्भपतन गराइएको सूचना अधिकारी बस्नेतले बताए । जसमध्य ४ हजार ९०१ जना २० वर्ष भन्दा बढी उमेर समूहका महिला र ३७१ जना २० वर्ष भन्दा कम उमेर समूहका किशोरीहरु रहेका छन्। जिल्ला जिल्लामा अहिले सुरक्षित गर्भपतनका लागि सूचिकृत स्वास्थ्य संस्थाहरुको पहुँच र त्यही अनुसारको समाजमा सचेतनाका विभिन्न कार्यक्रमहरु संचालन गरेकाले पनि सुरक्षित गर्भपतन गराउनेहरुको संख्या बढ्दै गएको स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी बस्नेत बताउँछन् ।

असुरक्षित गर्भपतन गराउँदा महिलाको ज्यानै जान सक्ने भएकाले गर्भपतन गर्नु पर्ने अवस्थामा सुरक्षित गर्भपतन गराउनु पर्ने उनले बताए । ‘पहिले सूचीकृत स्वास्थ्य संस्थाहरुको संख्या पनि कम थियो, पहुँच थिएन’ लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी बस्नेत भन्छन्, ‘अहिले सूचीकृत स्वास्थ्य संस्थाहरु संख्या पनि बढी रहेको छ । त्यही अनुसारले हामीले पनि विभिन्न कार्यक्रम गरी सचेत गराउने गरेका छौँ । त्यसकारणले सुरक्षति गर्भपतन गराउनेको संख्या पनि बढी भएको हुन् हो।’

स्त्री तथा प्रस्तुती रोग विशेज्ञ डा. विष्णु गौतमले सानै उमेरमा शारीरिक सम्बन्ध राख्ने तथा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न झन्झन्ट मान्ने कारणले पनि गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको बताउँछन्। डा. गौतमले पनि असुरक्षति रुपमा गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा पछिसम्म समस्या पर्ने भएकाले गर्भपतन गर्नु पर्ने भएमा सुरक्षित रुपमा नै गर्नु पर्ने बताउँछन् । ‘सकेसम्म त परिवार नियोजनको साधन प्रयोग गर्नु नै राम्रो हुन्छ । यदि अनईच्छित गर्भ रहेको अवस्थामा सुरक्षित गर्भपतन गर्नु पर्छ । असुरक्षित रुपमा गर्भपतन गराउँदा महिलाको ज्यान जानेसम्मको जोखिम हुन्छ । यसका साथै असुरक्षित रुपमा गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा पछिसम्म समस्या पर्न सक्छ ।’– उनले भने ।

कुन जिल्लामा कति ?
लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य सबै भन्दा धेरै सुरक्षित गर्भपतन गराउनेको संख्या रुपन्देहीमा रहेको छ भने सबै भन्दा कम रुकुम पूर्वमा रहेको पाइएको छ । गत आर्थिक वर्षमा रुपन्देहीमा मात्रै ४ हजार ३५३ जनाले सुरक्षित गर्भपतन गराएका थिए भने रुकुम पूर्वमा ७३ जनाले मात्रै गर्भपतन गराएको स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी बस्नेतले बताए।

यस्तै रोल्पामा ९६९, प्यूठानमा ५१४, गुल्मीमा ६१६, अर्घाखाँचीमा ६७५, पाल्पामा १ हजार ३१४, नवलपरासी पश्च्मिमा १ हजार ४१२, कपिलवस्तुमा १ हजार ७१५, दाङमा १ हजार ९८७, बाँकेमा २ हजार ५१० र बर्दियामा १ हजार ४१० जनाले सुरक्षित गर्भपतन गराएको उनले बताए।

६ प्रतिशत २० वर्ष भन्दा कम उमेरका किशोरी
लुम्बिनी प्रदेशमा गर्भपतन गराएका मध्य करिब ६ प्रतिशत २० वर्ष भन्दा कम उमेर समूहका किशोरीहरु रहेको पाइएको छ । लुम्बिनी प्रदेशमा गत वर्ष १८ हजार ३ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका थिए । ती गर्भपतन गराउनेमा १ हजार ५१ जना २० वर्ष भन्दा कम उमेरका किशोरीहरु रहेका छन् । यो भनेको सुरक्षित रुपमा गर्भपतन गराउने कुल संख्याको ५.८४ प्रतिशत हो ।

सानै उमेरमा विवाह गर्ने र अन्य विभिन्न कारणले गर्दा किशोरीहरुले सुरक्षित रुपमा गर्भपतन गराउने पर्ने अवस्था आएको देखिने गरेको स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी बस्नेत बताउँछन् । ‘१५/१६ वर्षकै उमेरमा पनि गर्भपतन गराउन आएको देखिन्छ,’ सूचना अधिकारी बस्नेतले भने्, ‘गर्भपतन गराउने मध्य करिब ६ प्रतिशत २० वर्ष भन्दा कम उमेर समूहका किशोरीहरु रहेका छन् । यो अवस्था सानै उमेर र विवाह गनाले र अन्य विभिन्न कारणले गर्दा आएको देखिन्छ ।’
महिला अधिकारकर्मी इन्दिरा आचार्यले सानैमा बच्चा जन्माउँदा भविष्यलाई असर गर्नुका साथै विभिन्न स्वास्थ्य समस्या आउन सक्ने सोचेर कम उमेरमै सुरक्षित गर्भपतन गराउने गरेको पाइने बताउने गरेका छन् ।

कानुनमा के छ ?
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन, २०७५ को भाग ४ को दफा १५ ले गर्भवती महिलाको अवस्थाअनुसार १२ हप्तादेखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । गर्भवती महिलाको मन्जुरीमा १२ हप्तासम्म जस्तो प्रकारको गर्भ पनि पतन गराउन सकिन्छ ।

गर्भपतन नगराएमा महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुनसक्छ वा विकलाङ्ग बच्चा जन्मन सक्छ भनी इजाजतप्राप्त चिकित्सकको राय भई त्यस्ता महिलाको मन्जुरीमा २८ हप्तासम्मको गर्भ पनि पतन गराउन पाइने व्यवस्था उक्त ऐनले गरेको छ ।

यसबाहेक जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, रोग प्रतिरोधात्मक क्षमता उन्मुक्ति गर्ने जिवाणु वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेमा पनि महिलाको मन्जुरीमा २८ हप्तासम्म सुरक्षित गर्भपतन गराउन पाइने व्यवस्था सो ऐनमा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्न आदेश नक्कली भुटानी प्रकरणः टोपबहादुर रायमाझी थुनामा नै रहने विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू