ताजा अपडेट »

गजल: देश

बुधबार, ३१ साउन २०८०, १२ : १४
20 Shares

द्रौपदीले दुशासनको छातीको लहु मागे जस्तै
घरीघरी त लाग्छ यो देश सतीले सरापे जस्तै

हेर्छु कति अन्याय छ अपराध छ समाजमा
यस्तो लाग्छ न्यायमूर्तिले नै आँखा ढाके जस्तै

तिमीलाई लाग्दो हो हाँसेकै त छ बाँचेकै त छ
तिम्रो यादले लाग्छ अचानोमा मुटु काटे जस्तै

जति नै मारोस् यो दुनियाँ मलाई फरक पर्दैन
घरमा आमा भेटेपछि लाग्छ जिन्दगी बाँचे जस्तै

आउनेको स्वागत जानेलाई बिदा गर्दै ठिक्क छ
भएको छ जिन्दगी यो आफ्नै ढोकाको पाले जस्तै

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।