ताजा अपडेट »

तिलोत्तमाकी पुष्पा मृत्यु प्रकरण : हत्या कि आत्महत्या ?, न्याय खोज्दै आन्दोलनमा आफन्त

बुधबार, ३१ साउन २०८०, ११ : ०९
72 Shares

तिलोत्तमा । केहि दिन अघि रुपन्देहीको सालझण्डी फाईयरलाईन जंगलमा मृत फेला परेकी तिलोत्तमा नगरपालिका-४ नयँमिल दुर्गामन्दिर पथकी ३६ वर्षीया पुष्पा टण्डन कार्कीको हत्या आशंकामा परिवारजनले छिमेकी एक दम्पत्ती बिरुद्ध किटानी जाहेरी प्रहरीमा दर्ता गरेका छन । मृतकका घर अगाडि घर भएका लक्ष्मी  भुसाल र उनका श्रीमान रञ्जित भुसाल बिरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको हो ।

पुष्पा टण्डन कार्कीको मृत्यु घटनाको निष्पक्ष छानविनको माग गर्दै यहाँका बासीन्दा सडकमा उत्रिएका छन । आरोपित मृतककी छिमेकी महिला लक्ष्मी पोखरेल भुसाललाई ईलाका प्रहरी कार्यालयले पक्राउ गरे पनि सोमबार उनलाई छाडेको भनि यहाँका बासीन्दा आक्रोषित हुँदै आन्दोलित बनेका हुन् । मंगलबार मृतक महिलाको घरै अगाडि घर भएकी छिमेकी लक्ष्मी पोखरेल भुसाल र उनका श्रीमान रञ्जित भुसाल बिरुद्ध परिवारजनले ईलाका प्रहरी कार्यालय सालझण्डीमा किटानी जाहेरी बुझाएको बताएका छन् ।

यहि साउन २६ गते स्कुटर चढेर घरबाट हिडेँकी पुष्पा दोश्रो दिन विहान करिव ८ बजेतिर उक्त जंगलको एक रुखमा झुण्डिएको अबस्थामा मृत फेला परेको सुचना परिवारजनलाई दिईएको थियो । झुण्डिएको र भुँईमा खुट्टा टेकेको घटनाले शंकास्पद थियो नै त्यस माथी पुष्पा चढेर आएको .. नम्वरको स्कुटी बुटवलको अस्पताललाईनमा फेला पर्नुले थप रहश्यम बनेको छ । पुष्पाका श्रीमान केशवराज कार्की कोरियामा थिए । एक छोरा, एक छोरी र भदैनी घरमा बस्ने गरेका थिए ।

त्यस दिन दिउँसो करिव १२ बजेको समयमा पुष्पा स्कुटी चढेर घरबाट हिडेको मृतकका १६ बर्षीया छोरा अरुण कार्कीले बताए । मृत्यु घटनाको केहि दिन अघि देखिनै घर अगाडिकी लक्ष्मी पोखरेल भुसालले आफ्नो श्रीमानसंग नाजायज संबन्ध रहेको अरोप लगाउँदै तनाव र धम्की दिने गरेको परिवारजनले बताएका छन् । श्रीमान केशवराज पुष्पाको रहश्यमय मृत घटनाको दुःखत खबरले भावहिल हुँदै घर आई पुगेका छन् ।

आत्माहत्या दुरुसाहन बिरुद्ध भुसाल दम्पत्ती बिरुद्ध किटानी जाहेरी लिई प्रहरीले अनुसन्धान अगाडि बढेको छ । मृतक महिलाको पुर्खेयौली घर गुल्मीको गुल्मीदरवार गाउँपालिका–४ बिरबास भट्टेचौंर हो । २०७२ सालदेखि उनिहरुको परिवार रुपन्देहीमा बसोबास सुरु गरेका थिए । मृतक पुष्पा यहाँ आएपछि पनि समाज सेवामा निकै सक्रिय महिला थिईन । त्यहाँको बिकास निर्माण, समुदायको हरदुख सुखमा साथ दिदै आएकी पुष्पाको मृत्यु घटनाले डाईभरटोल भेगका बासीन्दा शोकाकुल छन् । निष्पक्ष छानविनका लागि सडकमा उत्रिन तम्तयार छन । त्यहाँका दुर्गा मन्दिर निर्माण समितिको अध्यक्ष र विभिन्न संघ संस्थामा आबद्ध पुस्पाको निधनले गुल्मीबासी पनि शोकाकुल छन ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार