ताजा अपडेट »

कक्षा १२ मा बुटवलको अक्सफोर्डकी दियाले ल्याइन ३.९६ जिपिए, सुमितको ३.९०

मंगलबार, ३० साउन २०८०, २० : ४५
45 Shares

बुटवल । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को आज सार्वजनिक नतिजामा बुटवलको अक्सफोर्ड माविमा अध्ययनरत दिया भुसालले ३.९६ जिपिए ल्याउन सफल भएकी छन् । विज्ञान संकायमा अध्ययनरत दियाले उत्कष्ट अंक हासिल गर्दा व्यवस्थापन संकायका सुमित पोखरेलले ३.९० जपिए ल्याउन सफल भएका छन् ।

अक्सफोर्डमा विज्ञान, व्यवस्थापन तथा शिक्षाशास्त्र संकायमा गरी कुल ८११ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । प्रकाशित नतिजा अनुसार १२० विद्यार्थीले ए प्लस ल्याएका छन् । विद्यालयमा सागर सिङ्ले ३.८५ जिपिए तथा युवराज भण्डारीले ३.८१ जिपिए अंक ल्याउन सफल भएको विद्यालयका प्राचार्य दिनेश भुसालले बताए । विगत वर्षहरूमा पनि उत्कृष्ट नतिजा ल्याएको अक्सफोर्डले अहिले पनि उत्कृष्टता हासिल गर्न सफल भएको  प्राध्यापक सुमन भुसालले बताए ।

अक्सफोर्ड माविबाट यस वर्षको नतिजामा ८६ प्रतिशत  उत्कृष्ट रिजल्ट ल्याउन सफल भए बताउँदै भुसालले सम्भवत अक्सफोर्डकाे नतिजा देशकै  उत्कृष्ट भएको दाबी गरे । साथै उनले विद्यार्थी, अभिभावक, प्राध्यापक तथा कर्मचारीलाई धन्यवाद समेत ब्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।