ताजा अपडेट »

नागरिकता पाएपछि अक्षय कुमारले भने- मन र नागरिकता दुवै हिन्दुस्तानी

मंगलबार, ३० साउन २०८०, १५ : १७
24 Shares
मंगलबार, ३० साउन २०८०
24 Shares

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । अभिनेता अक्षयले आफूले भारतीय नागरिकता पाएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका छन् ।

आफ्नो आधिकारी ट्वीटर ह्यान्डलमार्फत् उनले भारतीय नागरिकता पाएसँगै मन र नागरिकता दुवै हिन्दुस्तानी भएको बताएका छन् । ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना,’ उनले ट्वीटरमा लेखेका छन् । 

भारतीय नागरिकता लिनुअघि उनी क्यानडाको नागरिक थिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।