ताजा अपडेट »

डुबानमा कागबेनी (फोटोफिचर)

सोमबार, २९ साउन २०८०, १३ : ३४
12 Shares

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी डुबानमा परेको छ । कालीगण्डकी र कागखोलाको दोभानमा रहेको कागबेनी डुबानमा परेको हो । कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेको हो । कागबेनीसँगै मुक्तिनाथ पनि डुबानमा परेको छ । 

बाढी आएको सूचनामा पाएपछि स्थानीय भागेर ज्यान बचाएका थिए । कागबेनीमा पसेको बाढीले भौतिक संरचनामा भने ठूलो क्षति पुर्‍याएको छ । बाढीले २० वटाभन्दा बढी घर÷होटल बाढीले भत्काएको छ । 

तस्बिर सौजन्य: पुण्य पौडेल

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।